गोविन्द घर्ती

बैषाख ४ । रुपन्देहीको देवदहमा एक दिने वन डढेलो सचेतना गोष्ठी तथा नियन्त्रण कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला वन कार्यालय रुपन्देहीको आयोजना र गाउ वन समन्वय सञ्जाल रुपन्देहीको समन्वयमा उक्त कार्यक्रम सम्पन्न भएको हो । अहिले गर्मीयाम शुरु भएसंगै वन जंगलमा आगलागी हुने संभावनालाई मध्यनजर गर्दै वन डढेलो सचेतना गोष्ठी तथा नियन्त्रणका कार्यक्रम अगाडि सारिएको हो । सो अवसरमा बोल्दै वक्ताहरुले वनमा लाग्ने वन डढेलो नियन्त्रण गर्न स्थानीय उपभोक्ताहरु नै सचेत र सजगभ एर लाग्नु पर्नेमा जोड दिएका थिए । उनीहरुले वन डढेलो संगै जैविक विविधताहरु नष्ट संगै जलवायु परिवर्तन हुने हुदा त्यसतर्फ बढि ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रमका वक्ताहरुले राज्यको अस्पष्ट नीतिका कारण वनमा लागेको डढेलो न्यूनिकरण गर्न नसकिएकोमा जोड दिएका थिए । उनीहरुले प्राकृतिक कारणले भन्दा मानविय कारणले वन जंगलमा डढेलो लाग्ने गरेकोले सम्पूर्णलाई सचेत र सजग गराउनु पर्नेमा जोड दिएका थिए ।
गोष्ठीमा शिवनगर ईलाका वन कार्यालयका प्रमुख जयप्रकाश गुप्त, भलुही ईलाका वन कार्यालयका प्रमुख राजन खड्का, शितलनगर ईलाका वन कार्यालयका प्रमुख कृष्ण ज्ञवालीले सहजीकरण गर्नु भएको थियो । गाउ वन समन्वय सञ्जाल रुपन्देहीका अध्यक्ष खेमनारायण अधिकारीको अध्यक्षता र सेक्टर वन कार्यालय शितलनगरका प्रमुख सहयाक वन अधिकतृ सतेन्द्रनारायण सिंहको विशेष उपस्थितीमा उक्त कार्यक्रम सम्पन्न भएको हो । गोष्ठीमा देवदह क्षेत्रमा रहेका विभिन्न सामुदायिक वनका पदाधिकारी, सदस्य, हेरालुहरुको सहभागिता रहेको थियो ।
