गोविन्द घर्ती

बैसाख ४ । अपाङ्गता न्यूनिकरण गर्न स्वास्थ्य स्वयमसेवीकाहरुको महत्वपूर्ण भूमिका हुने रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
उनीहरुले स्वास्थ्य स्वयमसेवीका गाउ/टोलमा पुग्ने भएकोले समाजमा रहेका अपाङ्गहरुको उचित उद्दार गर्न सकिनेमा जोड दिएका थिए । कार्यक्रमका वक्ताहरुले अपाङ्गहरुको आयआर्जन बढाउन राज्यले विशेष पहल गर्नुपर्नेमा जोड दिएका थिए । अपाङ्ग समाज सेवा केन्द्र देवदहको आयोजना र देवदह नगरपालिकाको आर्थिक सहयोगमा संचालित दुई दिने अपाङ्गता रोकथाम तालिमको समापन तथा अपाङ्गहरुलाई बाख्रा वितरण कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन ।
उनीहरुले समाजमा रहेका अपाङ्गहरुलाई सबैले सहयोग गर्नु भन्दै अपाङ्गता न्यूनिकरण गर्न पहल गर्नुपर्नेमा जोड दिएका थिए । अपाङ्ग समाज सेवा केन्द्र देवदहका अध्यक्ष राधिका भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काग्रेसका महासमिति सदस्य जीवलाल पराजुली, नेकपा एमालेका जिल्ला सदस्य झिल्लुप्रसाद न्यौपाने, नेकपा माओवादीका जिल्ला सहसंयोजक नमराज पुरी, क्रान्तिकारी माओवादीका ऋषिराम लामिछाने, राष्ट्रिय जनमोर्चाका अध्यक्ष हरी केसी, साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष टिका गौतम, अधिवक्ता लिलाधर मरासिनी, देवदह साप्ताहिकका त्रिलोचन दहाल, मिना श्रेष्ठ लगायतले आ–आफना भनाई राख्नु भएको थियो । सोही अवसरमा आयआर्जन तथा जिविकोपार्जनको लागि देवदह क्षेत्रका १० जना अपाङ्गहरुलाई बाख्रा वितरण गरिएको थियो ।
तालिमको एच आईडीसीका सञ्जु शाही र अपाङ्ग पुनःस्थापना केन्द्रका हिरा केसीले सहजीकरण गर्नु भएको थियो । तालिममा देवदह क्षेत्रमा क्रियाशिल महिला स्वास्थ्य स्वयमसेवीकाहरुको सहभागिता रहेको थियो । केन्द्रका सहसचिव धर्मप्रसाद सापकोटाको स्वागत र सचिव वलराम चापागाईको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
