भूपू गोर्खा सैनिक पुनको परिवारलाई २ लाख ७५ हजार सहयोग

Read Time:1 Minute, 56 Second

रूद्र श्रीसमगर


Image may contain: 3 people, people standing and indoor

पोखरा, चैत्र ३१ – पोखरा लेखनाथ महानगरपालिका वडा नं. २७, अर्घौंचोक निवासी भूपू बेलायती गोर्खा सैनिक भीमलाल पुनको परिवारलाई आर्थिक सहयोग गरिएको छ ।

बेलायती गोर्खा सैनिकबाट अवकाश लिएपछि गोर्खा रिजर्व युनिट, ब्रुनाईमा कार्यरत रहेका पुनले पुनः दोस्रो चरणको जागिरबाट अवकाश लिनुभएको थियो । अवकाश प्राप्त जीवन बिताइरहेका पुनको उपचारको क्रममा ५६ वर्षको अल्पायुमै निधन भएपछि परिवारमा समस्या आइलागेको थियो ।

सन् १९८३ मा बेलायती गोर्खा सैनिकमा भर्ती भएका हाल ब्रुनाईमा कार्यरत पुनका सहपाठी गोर्खा सैनिकहरूले सहयोग संकलन गरी पुनको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् । बिहीबार हाल ब्रुनाईमा कार्यरत प्रसन्नलाल थापाले स्व. पुनकी श्रीमती तुलमाया पुनलाई २ लाख ७५ हजार ५ सय रुपैयाँ सहयोग रकम हस्तान्तरण गर्नुभयो ।

सहयोग रकम हस्तान्तरण गर्दै थापाले पुनको परिवारलाई सहयो गर्न अन्य ब्रुनाईमा कार्यरत सहपाठीहरूलाई पनि आग्रह गर्नुभयो । सहयोग रकमले पुनको परिवारलाई थोरै भएपनि राहत पुग्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो । सहयोग रकम बुझ्दै स्व. पुनकी श्रीमती तुलमायाले विदेशी भूमिमा बगाएको रगत, पसिनाको कुनै मूल्य नरहेको बताउनुभयो । साथै, तुलमायाले सहयोग गरेकोमा धन्यवाद समेत दिनुभयो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %