बागलुङ–पोखरा मगर समाजद्वारा सहयोगीलाई सम्मान

Read Time:1 Minute, 14 Second

रूद्र श्रीसमगर

पोखरा, वैशाख २ – बागलुङ–पोखरा मगर समाजले नयाँ वर्ष २०७४ को भित्तेपात्रोका विज्ञापनदाता एवं जिन्सी सहयोगीहरूलाई सम्मान गरेको छ ।

शनिबार आयोजित सम्मान कार्यक्रममा समाजलाई २० लिटरको प्रेसर कुकर प्रदान गर्ने सु. चन्द्रबहादुर थापामगर लगायत भित्तेपात्रोका विज्ञापन दातालाई सम्मान गरेको हो । सो अवसरमा समाजका नयाँ सदस्य क्या. रनबहादुर पुनमगरलाई स्वागत समेत गरिएको थियो ।

कार्यक्रममा बोल्दै समाजका पूर्व अध्यक्ष एवं सल्लाहकार भीमबहादुर श्रीसमगर र सल्लाहकार किरणप्रसाद थापामगरले समाजका सदस्यहरू बीच एकता अपरिहार्य रहेको बताउनुभयो ।

समाजका अध्यक्ष रामबहादुर पुनमगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कोषाध्यक्ष कृष्णा पुनमगर तथा उपाध्यक्ष कृष्णाकुमारी श्रीसमगरले स्वागत गर्नुभएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %