गोविन्द घर्ती

चैत्र ३१ । रुपन्देहीको देवदहको भलुहीमा प्रतिक्षालय उद्घाटन तथा नव बर्ष २०७४ को शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।
लायन्स क्लव अफ देवदहले भलुहीमा निर्माण गरेको प्रतिक्षालयको एक कार्यक्रमका वीच लायन्स क्लव २०१७/१८ का एरिया चिफ महेन्द्र ध्वजुले उद्घाटन गर्नु भएको हो । लायन्स क्लव अफ देवदहले करिव साढे ५ लाखको लागतमा उक्त प्रतिक्षालय निर्माण गरेको हो । उक्त प्रतिक्षालय निर्माणको लागि विभिन्न संघसंस्थाले सहयोग गरेको सो अवसरमा जानकारी दिईएको थियो ।
सो अवसरमा बोल्ने वक्ताहरुले लायन्स क्लव अफ देवदहले निर्माण गरेको प्रतिक्षालयले आम यात्रुहरुलाई सजिलो हुनेमा जोड दिएका थिए । उनीहरुले सेवा नै धर्म भएकोले हरेक सामाजिक संघसंस्थाले सामाजिक दायित्व निर्वाह गर्दै जानु पर्नेमा जोड दिएका थिए ।
लायन्स क्लव अफ देवदहका अध्यक्ष विष्णुप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लव १७/१८ का एरिया चिफ महेन्द्र ध्वजु, देवदह मेडिकलकलेजका भोजप्रसाद श्रेष्ठ, नेपाली काग्रेसका क्षेत्रीय सभापति हिराबहादुर खत्री, देवदह नगर विकास समितिका अध्यक्ष डिल्लीराज मरासिनी, क्रान्तिकारी माओवादीका ऋषिराम लामिछाने, नेकपा एमालेका खैराज शर्मा, जनप्रिय माविका केशव पराजुली, लियो क्लव अफ देवदहका नरबहादुर नेपाली, जनप्रिय सामुदायिक वनका रुक्मा चौधरी, मनबहादुर गुरुङ्ग लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।
लायन्स क्लव अफ देवदहका बरिष्ठ उपाध्यक्ष ऋषिराम सापकोटाको स्वागत र सचिव रामबहादुर गुरुङ्गको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
