नेपाल शिक्षक संघ देवदह नगर समिकिो दोश्रो अधिवेशन तथा विश्वराज खनाल स्मृति सम्मान कार्यक्रम सम्पन्न

Read Time:3 Minute, 49 Second

गोविन्द घर्ती


Image may contain: 6 people, people sitting

चैत्र ३१ । संविधान कार्यान्वयन र प्राप्त उपलव्धीलाई संस्थागत गर्न निर्वाचन अपरिहार्य रहेको सांसद अव्दुल रज्जाकले बताउनु भएको छ ।

उहाले संविधान कार्यान्वयन र स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सम्पूर्ण राजनैतिक दलहरु मिल्नुको कुनै विकल्प नभएको बताउनु भएको छ । नेपाल शिक्षक संघ देवदह नगर समिकिो दोश्रो अधिवेशन तथा विश्वराज खनाल स्मृति सम्मान कार्यक्रममा बोल्दै उहाले उक्त कुरा बताउनु भएको हो ।

नेपाली काग्रेस रुपन्देहीका सभापति समेत रहनु भएको सांसद रज्जाकले राजनैतिक सहमतिले मात्र देशको निकास निस्कने हुदा सम्पूर्ण राजनैतिक दलहरु एकजुट भएर लाग्नु पर्नेमा जोड दिनु भयो । उहाले सविधान प्रति असन्तुष्ट रहेका राजनैतिक दलहरुलाई पनि सहमतिमा ल्याएर स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिनु भयो । उहाले आगामी ०७४ माघ भित्र तिनवटै निर्वाचन सम्पन्न गर्न नसके देश अस्थिरता तर्फ जाने भएकोले सम्पूर्ण राजनैतिक दलहरु सचेत भएर लाग्नु पर्नेमा जोड दिनु भयो । सांसद रज्जाकले समाज परिवर्तनको संवाहको रुपमा रहेका शिक्षकहरु समाज रुपान्तरणमा लाग्नु पर्नेमा जोड दिनु भयो । 

लोकतन्त्र र गणतन्त्रलाई संस्थागत गर्न शिक्षकहरुको महत्वपूर्ण भूमिका भएकोले त्यस तर्फ पनि शिक्षकहरु चनाखो हुनु पर्नेमा जोड दिनु भयो । नेपाल शिक्षक संघ देवदह नगर समितिका अध्यक्ष निर्मल ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष कुलप्रसाद लामिछाने, नेपाली काग्रेसका क्षेत्रीय सभापति हिराबहादुर खत्री, देवदह नगर समितिका सभापति गुणाखर भूर्तेल, नेपाल राष्ट्रिय शिक्षक संगठनका खेमानन्द ज्ञवाली, संघका जिल्ला सहसचिव यमलाल भट्टराई, क्षेत्रीय अध्यक्ष छविलाल अग्रहरी, पुरस्कार छनोट समितिका संयोजक झविन्द्र प्रसाद पाण्डे, प्रमोद खनाल, बिमला अर्याल लगायतले आ–आफना भनाई राख्नु भएको थियो । सोही अवसरमा शिक्षा क्षेत्रमा विशेष योग्दान दिएको भन्दै विभिन्न महानुभावहरुलाई विश्वराज खनाल स्मृति पुरस्कार प्रदान गरिएको छ ।

सम्मानित हुनेहरुमा नखोईप्रसाद चौधरी, बिमला अर्याल, दुर्गाबहादुर क्षेत्री, केशव पराजुली, कुलबहादुर खवास रहनु भएको छ । त्यसैगरी संघलाई विभिन्न क्षेत्रबाट सहयोग गर्ने सहयोगी र सेवा निवृत्त शिक्षकहलार्ई समेत सो अवसरमा सम्मान गरिएको थियो । संघका उपाध्यक्ष पुजा ढुंगानाको स्वागत र सचिव उमाकान्त अधिकारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %