संजय सिंजाली मगर

काठमाण्डौं, चैत्र ३१ — मगर आधारित चलचित्र खुर्पेटो भव्यताका साथ जमल नाचघरमा सम्पन्न भएको छ ।
कार्यक्रमको सुरुवातमा लेखक, र्निदेशक, संघ संस्था, व्यवसाय तथा खुर्पेटो कलाकारहरु लाई खादा लागई मायाको चिना प्रदान गरि सम्मान गरिएको थियो । सो कार्यक्रमको उद्घाटन नेपाल मगर संघ तथा जनजाति प्रतिष्ठानका उपाध्यक्ष नबिन रोका मगरले गरेका हुन् ।
चलचित्र खुर्पेटो हेर्नको दर्शक खचाखच रहेका थिए । उक्त चलचित्र दिनको २ बजे सुरु हुने भनिएता पनि बिभिन्न प्राबिधीक कारणले ३ बजे सुरुवात गरिएको थियो ।
{youtube}https://youtu.be/OvP_FXk5lOk{/youtube}
यस चलचित्रले यर्थाथपरक सन्देश दिन खोजको छ । एउटा नारि हरेक पटक बिवाहको प्रस्ताव आउदा पनि उ आफ्नो बाचामा अडिक रहन्छीन् । गरिब र ग्रामिण जिवन शैली रहर बाध्यता अनि समस्या जस्ता कुरा अनि प्रेम मिलन बिछोडलाई समेटि निर्माण गरिएको छ । अझ बिशेष एउटा सोझो साधारण गरिब मगर यूवा आखिर अन्तिममा कसरी देशको लागि शहिद हुन्छ, भन्ने कुरा चलचित्रमा देखाउन खोजिएको छ । त्सस पछी मिलन बिछोड, एउटा नारीले भोग्नु पर्ने पिडालाई यर्थाथ रुपमा पर्दामा उतारिएको छ । त्यस्तै आमाको भूमिका पनि एकदम सहि तरिकाले निभाएको दृश्य देख्न सकिन्छ ।
बिशेष गरि यस चलचित्रमा मगरहरु को मौलिक पोसाक, कला, सास्कृतिक, रितिरिवाज, परम्परा आदिलाई प्रोत्साहन गरिएको छ । चलचित्रमा रहेको ४ वटा गित मध्य जून स्वदेशमा मात्र नभई यूरोप, खाडी मूलुक जस्ता देशहरुमा अपार सफलता पाउन सफल रहेको हो ।
मिफ्रुङ् फिल्मस प्रोडक्सनका अध्यक्ष भिम राना मगरको अध्यक्षतामा भएको यस कार्यक्रम सञ्चालन श्याम राना मगर र स्वागत टिका आले मगरले गरेका थिए ।
{facebook}1244763355573190{/facebook}
फोटो हेर्न तलको लिङ्क थिच्नुहोस् ।
खुर्पेटो परिवारले गरेको च्यारिटी शोको फोटो झलक.
