युवा मोर्चाको राष्ट्रिय अध्यक्षमा घनश्याम, अध्यक्षमा ममता

देव पचभैया

 

Image may contain: one or more people, people sitting and indoor
पाल्पा, चैत्र ३१ – राष्ट्रिय जनमुक्ति पार्टीको युवा संगठन राष्ट्रिय युवा मोर्चाको राष्ट्रिय अध्यक्षमा घनश्याम थापा (शंकर ) निर्वाचिन हुनुभएको छ ।

स्याङ्जा घर भई रुपन्देहीमा बसोवास गर्दे आउनुभएका घनश्याम थापा मोर्चाका पुर्व कोषाध्यक्ष हुनुहुन्थ्यो । तानसेनमा मंगलवार सम्पन्न मोर्चाको पाचौ राष्ट्रिय महाधिबेशनले ममता बुढाथोकी (गुल्मी) लाई अध्यक्षमा निर्वाचित गरेको छ । बुढाथोकी पुर्व वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो ।

महाधिबेशनले वरिष्ठ उपाध्यक्षमा सुन्दर गुरुङ्ग (रुपन्देही) महासचिवमा लालबहादुर सार्की गोतामे(तनहु) सचिवमा बसु राना (कपिलवस्तु) र सचिवमा राम अस्लामी (पाल्पा)लाई चयन गरेको छ ।

मोर्चाका कोषाध्यक्षमा बसन्त सिंजाली (पाल्पा) उपाध्यक्ष (खेलकुदमा) राजकुमार थापा (म्याग्दी), केन्द्रिय सदस्यमा के एस थापा (रुपन्देही ) विरेन्द्र अस्लामी (पाल्पा), अनिरुद्ध थापा (सुनसरी) बल बहादुर घर्ती (दाङ्ग) सुरज आले (ललितपुर) र अनिस लम्फङ्वा (सुनसरी) लाई सर्वसम्म्त चयन गरेको छ । आईतवार टुडिखेल खुला मन्चमा उद्घाटन भएको मोर्चाको पाचौ राष्ट्रिय अधिबेशनको बन्दसत्र टक्सार टोल स्थित महाचैत्य विहारमा भएको थियो ।


Image may contain: 1 person, standing

युवा: देश निर्माणको मूल आधार भन्ने नाराका साथ सम्पन्न भएको महाधिवेशनको बन्द सत्रले राष्ट्रिय युवा मोर्चाको नाम परिवर्तन गरी जनमुक्ति युवा महासघं नामाकरण गर्ने निर्णय गरेको छ । बन्द शत्रले देशमा  प्रमुख समस्याको रुपमा रहेको भ्रष्टाचार अन्त्यका लागी शसक्त अभियान चलाउने लगाएतका निर्णय गरेको छ ।

मोर्चाको बन्द शत्रले विदेशमा गएका सबै युवाहरुले आफू रहेकै देशबाट विद्युतीय भोट दिने व्यवस्था हुनुपर्ने, १६ वर्षभएका युवाहरुले मतदान गर्न पाउनुपर्ने, दलहरुले निर्वाचनमा जितेर गईसकेपछि घोषणा पत्रमा जनाएको प्रतिबद्धता अनुसार कर्तव्य पालना नगरेमा त्यस्ता राजनीतिक दल र तिनका विजेता प्रतिनिधिलाई कानूनी कारवाहीका लागि अदालतमा तान्ने व्यवस्था हुनुपर्ने लगाएतका ७ बुदे माग अघि सारेको छ ।