पाँचौ महाधिवेशनले पारित गरेका राष्ट्रिय महत्वका मुख्य निर्णयहरु को प्रेष विज्ञप्ति

Read Time:5 Minute, 9 Second

मिति:२०७३ चैत्र २९ गते


                                               प्रेष विज्ञप्ति


Image may contain: one or more people, people sitting and indoor


यस जनमुक्ति युवा महासंघ (पाँचौमहाधिवेशन अगाडि राष्ट्रिय युवा मोर्चा)को पाँचौ महाधिवेशन ( २०७३ चैत्र २७ र २८ गते, तानसेन, पाल्पा) युवा: देश निर्माणको मूल आधार भन्ने नाराका साथ सम्पन्न भएकोछ । सो महाधिवेशनले पारित गरेका राष्ट्रिय महत्वका मुख्य निर्णयहरु साथै जनमुक्ति युवा महासंघका लागि निर्वाचत गरेको केन्द्रीय कार्य समितिको नामावली सार्वजनिक गर्न यो प्रेष विज्ञप्ति जारी गरिएको छ ।

       पाँचौ महाधिवेशनले पारित गरेका मुख्य निर्णयहरु :

१. यस पाँचौराष्ट्रिय महाधिवेशन सम्म राष्ट्रिय युवा मोर्चाको नामबाट राष्ट्रिय जनमुक्ति पार्टीको युवा संगठन कृयाशिल भई आएकोमा पाँचौ राष्ट्रिय महाधिवेशनले जनमुक्ति युवा महासंघ नामाकरण गरिएको छ । जनमुक्ति युवा महासंघ निश्चत जिम्मेवारी पुरा गर्न युवाहरुको स्वायत्त संगठनको रुपमा विकास हुनेछ ।

२. जनमुक्ति युवा महासंघले मूलुकमा दिनानुदिन बढ्दो क्यान्सरको रुपमा रहेको भ्रष्टाचारको निर्मूल गर्न शसक्त अभियान सञ्चालन गर्नेछ । भ्रष्टाचार देशद्रोह हो र भ्रष्टाचारीलाई देशद्रोही घोषणा गर्ने संवैधानिक व्यवस्था हुनुपर्दछ ।

३. नेपाली पासपोर्टमा विदेशमा गएका सबै युवाहरुले आफू रहेकै देशबाट विद्युतीय भोट दिने व्यवस्था हुनुपर्दछ । नेपालमा १६ वर्ष भएका युवाहरुले मतदान गर्न पाउने व्यवस्था हुनुपर्दछ ।

४. राजनीतिक दलहरुले निर्वाचनमा जितेर गईसकेपछि आफ्नो  घोषणा पत्रमा जनाएको प्रतिबद्धता अनुसार कर्तव्य पालना नगरेमा त्यस्ता राजनीतिक दल र तिनका विजित प्रतिनिधिलाई कानूनी कारवाहीका लागि अदालतमा तान्ने व्यवस्था हुनु पर्दछ ।

५. चालीस जिल्लामा संगठनलाई चुस्त दुरुस्त बनाउने साथै जनमुक्ति युवा महासंघको ५ लाख युवा सदस्य बनाउने ।

६. युवाहरुको विविधिकरण गरी सोही अनुसार राज्यले स्वदेशमै रोजगारको व्यवस्था गर्नुपर्दछ । यदि त्यसो नभएमा युवाहरुलाई स्वरोजगारको अविलम्ब व्यवस्था गरिनुपर्दछ अन्यथा वेरोजगार भत्ता दिने अनिवार्य व्यवस्था हुनुपर्दछ । युवाहरु विदेश जाने बाध्यतालाई निरुत्साहित गर्नुपर्दछ । दक्षता विना
युवाहरुलाई विदेश पठाईनु हुँदैन ।

७. राष्ट्रिय स्वाधिनताको विषयलाई गम्भीरताका साथ लिई त्यसमा कडाईका साथ कार्यान्वयनका कदम चालिनुपर्दछ ।

८. पाँचा राष्ट्रिय महाधिवेशले जनमुक्ति युवा महासंघ, केन्द्रीय कार्यसमितिका लागि निम्नानुसार निर्वाचित गरेकोछ :

१) अध्यक्ष : ममता बुढाथोकी — (गुल्मी) राष्ट्रिय अध्यक्ष: घनश्याम थापा(शंकर) — स्याङ्गजा
२) वरिष्ठ उपाध्यक्ष : सुन्दर गुरुङ्ग — (रुपन्देही)
३) महासचिव : लालबहादुर सार्कीगोतामे— तनहूँ
४) सचिव : बसुराना — कपिलवस्तु
५) सचिव : राम अस्लामी — पाल्पा
६) कोषाध्यक्ष : बसन्त कुमार सिंजाली — पाल्पा
७) उपाध्यक्ष (खेलकूद) : राजकुमार थापा — म्याग्दी
८) केन्द्रीय सदस्य : के.एस.थापा — रुपन्देही
९) केन्द्रीय सदस्य : विरेन्द्र अस्लामी — पाल्पा
१०) केन्द्रीय सदस्य : अनिरुद्ध थापा — सुनसरी
११) केन्द्रीय सदस्य : बल बहादुर घर्ती— दाङ्ग
१२) केन्द्रीय सदस्य : सुरज अवाले— ललितपुर
१३) केन्द्रीय सदस्य : अनिस लुम्फङ्वा — सुनसरी

अन्य क्लस्टर बाट आवश्यक पदाधिकारी र सदस्यहरु यही निर्वाचित १४ सदस्यीय समितिको बैठकले मनोनित गर्ने निर्णय भएकोछ ।


                                             लालबहादुर सार्कीगोतामे
                                                      महासचिव

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %