स्थानीय तहको निर्वाचनमा नेकपा एमाले पहिलो पार्टी बन्ने

गोविन्द घर्ती


Image may contain: 8 people, people sitting

चैत्र २९ । आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमाले पहिलो पार्टी बन्ने नेकपा एमालेका स्थायी कमिटी सदस्य छविलला विश्वकर्माले दावी गर्नु भएको छ ।

उहाले नेकपा एमालेको नेतृत्वले मात्र विकास निर्माणका कामहरु गर्ने भएकाले अहिलेको स्थानीय तहको निर्वाचनमा एमालेलाई मतदान गर्न आमनागरिक आतुर रहेको बताउनु भयो । उहाले नेकपा एमालेको दवावका कारण सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेको बताउनु भयो ।

नेकपा एमाले देवदह–५, शाखा कमिटीले निर्वाचन पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाले उक्त कुरा बताउनु भएको हो । पुर्व कृषि मन्त्री समेत रहनु भएका विश्वकर्माले स्थानीय तहमा जनप्रतिनिधि नहुदा विकास निर्माणले फड्कोमार्न नसकेको भन्दै स्थानीय निर्वाचन पछि विकास हुनेमा जोड दिनु भयो । विगतका दिनमा र अहिले राष्ट्रिय स्तरमा नेकपा एमालेले राम्रो काम गरेकोले स्थानीय तहमा आमनागरिकले नेकपा एमालेको नेतृत्व चाहेको दावी गर्नु भयो । उहाले एमालेको नेतृत्वले मात्र विकास गर्ने भएकोले स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको उम्मेदवारलाई जिताउन सवै लाग्नु पर्नेमा जोड दिनु भयो ।

शाखा कमिटीका अध्यक्ष विष्णु ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा लोकबहादुर श्रीपाली लगायतले बोल्नु भएको थियो । कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता, शुभचिन्तकहरुको सहभागिता रहेको थियो । शाखा कमिटीका सचिव वावुराम न्यौपानेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।