जनप्रिय माध्यमिक विद्यालयको नया भर्ना कार्यक्रम तिव्रता

Read Time:2 Minute, 44 Second

गोविन्द घर्ती


Image may contain: 16 people, people standing and outdoor

चैत्र २९ । जनप्रिय माध्यमिक विद्यालय देवदह भलुहीले नया भर्ना कार्यक्रमलाई तिव्रता दिईरहेको छ ।

विद्यालयले नया भर्नाको अभियान लिएर विद्यार्थीहरुको घर घरमा भर्ना अभियानलाई तिव्रता दिईरहेको छ । भर्ना अभियानलाई रुपन्देहीका जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाले एक कार्यक्रमका बीच उद्घाटन गर्नु भएको छ । हामी सबैको ईच्छा, अनिवार्य निशुल्क आधारभूत शिक्षा भन्ने नाराका साथ नया भर्ना अभियानलाई तिव्रता दिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव पराजुलीले बताउनु भयो । सोही अवसरमा बोल्दै जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाले सम्पूर्ण बालबालिका विद्यालयको पहुचमा पुर्याउनर शिक्षाबाट बन्चित नहोस भनेर सामुदायिक विद्यालयलहरुले भर्ना अभियानलाई घरघरमा पुर्याएको बताउनु भयो ।

हरेक बालबालीकाले उचित शिक्षा प्राप्त गरोस र त्यसको लागि बिद्यालयलहरुले भर्ना अभियानलाई बालबालीकाको घरमा पुर्याउन आवश्यक रहेको बताउनु भयो । उहाले राज्यले सामुदायिक विद्यालयको स्तर वृद्धि संगै शिक्षकहरुको क्षमता बृद्धिको लागि शिक्षा कार्यालयले समय सापेक्ष तालिमहरु संचालन गर्दै आईरहेको बताउनु भयो । उहाले भर्ना अभियानले शिक्षामा पहुच बढाउन र गुणस्तर शिक्षा कायम गर्न टेवा पुर्याउने बताउनु भयो ।

विद्यालयले भर्ना अभियानलाई देवदहको भलुहीमा रहेको विभिन्न टोल टोलमा पुर्याउने काम गरिरहेको छ । गन्र्दभ टोल, आर्दश टोल, रोहिणी डाडा, बाघकुमार टोल, गौरीटोल, आसाम टो, बयरडाडा क्षेत्रमा नया भर्ना अभियान संचालन गरेको विद्यालयले जनाएको छ । भर्ना अभियान कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य, शिक्षक, विद्यार्थी, शिक्षा प्रेमी, अभिभावकहरुको सहभागिता रहेको बिद्यालयका प्रमुख गायत्री प्रसाद खरेलले बताउनु भयो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %