वेलननमा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

Read Time:2 Minute, 20 Second

कमला थापामगर


Image may contain: one or more people

पोखरा, चैत्र २६ – पोखरा लेखनाथ महानगरपालिका १५ गलेश्वरचोक अवस्थित वेलनन एकेडेमी माध्यमिक विद्यालयमा नतिजा प्रकाशन तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ ।

सो अवसरमा शैक्षिक सत्र २०७३ को नतिजा प्रकाशन तथा शैक्षिक सत्र २०७२ को शैक्षिक पुरस्कार एवं वार्षिक खेलकुद प्रतियोगिता, अतिरिक्त क्रियाकलापका विजेता विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं अमरसिंह स्रोत केन्द्रका स्रत व्यक्ति शिवप्रसाद सापकोटाले शिक्षक, विद्यार्थी र अभिभावकको त्रिकोणात्मक सम्बन्ध बलियो हुनसके मात्र विद्यर्थीको भविष्य उज्ज्वल हुने कुरामा जोड दिदै अभिभावक सचेत हुनेपर्ने कुरा औल्याउनुभयो ।

हरेक विद्यालयले आधुनिक प्रविधिको माध्यमबाट शिक्षा दिने परिपाटीको सुरुवात गर्नुपर्ने कुरा बताउँदै छोटो समयमा विद्यालयले प्राप्त गरेको उचाइबाट आफू निकै खुसी भएको कुरा सो अबसरमा बताउनुभयो । कार्यक्रममा विशेष अतिथि ललितबहादुर कुँवर, सञ्चालक सदस्य तोरण बानिया, अभिभावक हितबहादुर भण्डारी, युद्धप्रसाद ढकाल लगायतले बोल्नुभएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल गिरीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा विद्यालयका सहप्राचार्य आनन्दराज अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो भने प्राचार्य शन्तबहादुर गुरुङले विद्यालयको प्रगति विवरण पेश गर्नुभएको । उक्त कार्यक्रमको सञ्चालन सिनियर इन्चार्ज शिवहरी सुवेदीले गर्नुभएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %