“भारतीय गोर्खा भूपू सांझ-२०१७” यहि आउंदो २८ में २०१७ मा हुने

Read Time:3 Minute, 10 Second

मुक काजी गुरुङ


Image may contain: 9 people, people smiling, text

हङकङ – सन २०१० मा स्थापित भारतीय गोर्खा भूपू सैनिक संघ हङकङले यही आउंदो २८ में २०१७ का दिन बेलुकी ७ बजे युनलोंग थिएटर हलमा ” भारतीय गोर्खा भूपू सांझ- २०१७” कार्यक्रम आयोजना गर्न गईरहेको जानकारी यहि फेसबुकको माध्यमबाट हङकङमा रहेका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई सूचित गर्न चाहन्छौं।

कार्यक्रमबाट संकलित केही रकम सामाजिक अभियन्ता महाबीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरिनेछ। जसको लागि नेपालबाट बहुचर्चित कलाकार देखि नव-प्रतिभा कलाकरहरुलाई उक्त कार्यक्रममा आमन्त्रण गरिएको छ । आमन्त्रित कलाकारहरुमा चर्चित लोक तथा दोहोरी गायक मिलन लामा, यसैगरि अर्का चर्चित लोक दोहोरी गायिका शर्मिला गुरुङ, चर्चित गजल तथा आधुनिक गायक शिव परियार, लोक तथा आधुनिक गायिका शान्ति गुरुङ, सरला राई, सुजन तिगेला लिम्बु, लोक दोहोरी गायिका तृष्ण घर्तीमगर, लोक गायक डम प्रकाश पुन र मोडेल तथा नृत्याङ्गना आरुसी मगर रहेका छन भने स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहने छन ।

सामाजिक अभियन्ता महाबीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई धेरै थोरै सहयोग गर्ने अभिप्रायले आयोजना गर्न गईरहेको कार्यक्रम रहेको हुंदा तपाई हङकङमा रहनुहुने आदर्णिय महानुभावहरुले हाम्रो यस कार्यक्रमलाई सहयोग गरिदिनु भई कार्यक्रमलाई सफल पारी दिन हुन पनि सिंगो भारतीय गोर्खा भूपू सैनिक संघ हङकङ हार्दिक बिनम्र अनुरोध गर्दछ ।

स्मरण रहोस, भारतीय गोर्खा भूपू सैनिक संघ हङकङले यसभन्दा अगाडि पनि सन २०१२ मा “भीसी स्मृति सांझ-२०१२” कार्यक्रमको आयोजना गरि भिक्टोरिया क्रस राम बहादुर लिम्बुलाई आमन्त्रण गरेर अभिनन्दन गरिसकेका छन भने सन २०१४ मा अपाङ्ग सांझ कार्यक्रमको आयोजना गर्दै नेपालमा रहेका अपाङ्गताहरुको सहयोगार्थ अपाङ्ग कोषलाई नेपाली २ लाख आर्थिक सहयोग गरिसकेका छन । यसैगरि २०७२ साल बैशाख १२ गतेको बिनाशकारी महाभूकम्प पीडीतहरुलाई पनि नेपाली २ लाख आर्थिक सहयोग गरिसकेका छन ।

कार्यक्रम संयोजक
भारतीय गोर्खा भूपू सैनिक संघ,

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %