गोविन्द घर्ती

चैत्र २७ – गुणस्तरीय शिक्षाको लागि अभिभावकहरु सचेत र सजग भएर लाग्नु पर्ने रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
उनीहरुले विद्यार्थीहरुको पढाईको वारेमा अभिभावक चनाखो हुनु पर्ने बताउदै त्यसको लागि विद्यालयले शैक्षिक वातावरण तयार गर्नुपर्नेमा जोड दिएका थिए । जनप्रिय माध्यमिक विद्यालय देवदह–१०, भलुहीद्धारा आयोजना गरेको शैक्षिक सत्र २०७३ को नतिजा प्रकाशन तथा अन्र्तक्रिया कार्यक्रमका वक्ताहरुले उक्त कुरा बताएका हुन ।
कार्यक्रमका वक्ताहरुले विगतका दिनमा भन्दा अहिले विद्यालय सुधारउन्मुख अवस्था तर्फ गईरहेकोले अझ विद्यालयलाई परस्कृत गर्न विद्यालय व्यवस्थापन समिति, अभिभावक, शिक्षकहरु लाग्नु पर्नेमा जोड दिएका थिए । उनीहरुले विद्यालयको पहुच भन्दा वाहिर रहेका वालवालिकालाई विद्यालयको पहुचमा ल्याउन सवै मिलेर घरदैलो कार्यक्रम गर्नुपर्ने बताएका थिए ।

सो अवसरमा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव पराजुलीले गुणस्तर शिक्षाको लागि विद्यालय लागिपरेको र त्यसको लागि अभिभावकहरुले सहयोग गर्ने पर्ने आग्रह गर्नु भयो । उहाले देवदह क्षेत्रको विद्यालय अन्र्तगत जनप्रिय माध्यमिक विद्यालयमा विज्ञान प्रयोग शाला शुरु भएको दावी गर्दै, कम्प्यूटर शिक्षा संचालन भईरहेको र शैक्षिक सत्र–२०७४ बाट कक्षा ६ देखि अग्रेजी माध्यमबाट पढाई शुरु गर्ने बताउनु भयो । उहाले शैक्षिक सत्र २०७४ को लागि भर्ना अभियानलाई तिव्रता साथ अगाडि बढाउने र विद्यार्थीहरुको घरघरमा पुग्ने दावी गर्नु भयो ।
विद्यालयको भर्ना अभियान प्रचार प्रसार संयोजक रामप्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक यज्ञ पराजुली, अभिभावकहरु बेदराज पोखरेल, तृप्ति राना, सुमित्रा भण्डारी, उर्मिला खत्री लगायतले आ–आफना सुझावहरु राख्नु भएको थियो । विद्यालयका शिक्षक श्याम थापाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
