गलकोट समाज पोखराको भित्तेपात्रो विमोचन तथा नयाँ वर्षको शुभकामना आदानप्रदान

Read Time:1 Minute, 11 Second

रूद्र श्रीसमगर


पोखरा, चैत्र २६ – गलकोट समाज पोखराले समाजले प्रकाशन गरेको नव वर्ष २०७४ को भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

शनिबार आयोजित कार्यक्रममा भित्तेपात्रो विमोचन गर्दै समाजका विशेष सल्लाहकार मोहन चन्द ‘राजन’ले गलकोट समाजले रचनात्मक कार्यलाई प्राथमिकता दिएको भन्दै प्रशंसा गर्नुभयो । कार्यक्रममा सल्लाहकारहरू हिराबहादुर खत्री, रुपबहादुर थापा, बमबहादुर छन्त्याल र रामप्रसाद पाण्डेले गलकोट समाजलाई अघि बढाउन सबै गलकोटेहरू बीचको एकता आवश्यक भएकोमा जोड दिनुभयो ।

Image may contain: one or more people

समाजका अध्यक्ष मीनबहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव रूद्रबहादुर श्रीस र उपाध्यक्ष खडकबहादुर थापाले स्वागत गर्नुभएको थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %