राज्यसत्ता,

पाल्पा, २४ चैत्र – राष्ट्रिय जनमुक्ति पार्टी पाल्पाले आज २४ गते एक कार्यक्रम गरि शोक सभा सम्पन्न गरेको छ ।
राष्ट्रिय जनमुक्ति पार्टी पाल्पा जिल्ला समितिका संस्थापक अध्यक्ष हुम बहादुर गाहा मगरको धर्मपत्नि ८३ बर्षीय बिन्द्रा गाहा मगरको असामाहिक निधन भएको सातौ पुन्य तिथिको अवसर शोक सभा सम्पन्न गरिएको हो ।
शोक सभामा पार्टीका संघीय परिषद सदस्य हुम बहादुर पचभैया थापा मगर प्रमुख अतिथि थिए । पार्टी अध्यक्ष नारायण बहादुर कुँवर मगरको अध्यक्षमा संस्थापक अध्यक्ष हुम बहादुर गाहा मगरको बिशेष अतिथि रहेको थियो भने निबर्तमान अध्यक्ष खुम बहादुर सिंगजाली मगर, सचिब द्वय प्रज्ञा सागर शाक्य, दीपक पचभैया, कोषाध्यक्ष तिलीसरा थापा लगाएतका उपस्थित रहेको थियो ।

मृतकका नाममा एक मिनेट मौनधरण र पुजापाठ गरि प्रमुख अतिथिले शोक मन्तब्य राख्दै मृतकको आत्माको चिरशान्तिको कामना र परिवारजनमा समाबेदना प्रकट गरेका थिए ।
पार्टी अध्यक्ष नारायण कुँवरले समबेदना पत्र पढेर मृतकका सीरिमानलाई हस्तान्तरण गरेका थिए । कार्यक्रम संगठन सचिब थमन अस्लामीले संचालन गरेका थिए ।
