मगर संघ बहराइनका सचिव खाम्चालाई पोखरामा स्वागत

Read Time:2 Minute, 52 Second

रूद्र श्रीसमगर


Image may contain: 2 people, people standing


पोखरा, चैत्र २५ – मगर संघ बहराइनका सचिव कृष्ण खाम्चामगरलाई पोखरामा स्वागत गरिएको छ । शुक्रबार सचिव खाम्चालाई नेपाल मगर संघ कास्कीले स्वागत एवं सम्मान गरेको हो ।

सचिव खाम्चालाई नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगरले खादा लगाएर स्वागत गर्नुभयो । सो अवसरमा बोल्दै खाम्चाले आफूलाई मगर संघ कास्कीले स्वागत र सम्मान गरेकोमा धन्यवाद प्रकट गर्नुभयो ।

साथै, उहाँले मगर जातिको एकता र उन्नतिका लागि विदेशमा रहेर पनि आफूहरूले काम गरिरहेको जनाउँदै परदेशी जीवन बिताइरहेका मगरहरूले पनि आफ्नो जन्मभूमिप्रतिको कर्तव्य नभुलेको प्रतिक्रिया दिनुभयो । ‘हामी परदेशी जीवन बिताइरहेपनि जन्मभूमिलाई भुलेका छैनौं’, खाम्चाले भन्नुभयो, ‘मगर जातिको भाषा, धर्म र संस्कृतिको संरक्षणका लागि हामी विदेशी भूमिबाट पनि अहोरात्र लागेका छौं, सबै मगरबीचको एकता पहिलो सर्त हो ।’

मगर संघ कास्कीका अध्यक्ष रानामगरले खाम्चालाई स्वागत गर्दै स्वागत गर्न अवसर पाएकोमा खुशी प्रकट गर्नुभयो । ‘स्वागत एवं सम्मान गर्न पाउँदा हामीलाई पनि खुशी लागेको छ’, रानाले भन्नुभयो, ‘विदेशमा रहेका मगर संघ र नेपाल मगर संघबीचको सम्बन्ध सधैं प्रगाढ रहनुपर्दछ, यही आवश्यकता हो ।’ मगर जातिको जातीय पहिचान जोगाउन सबै मगरबीचको एकता अपरिहार्य रहेकोमा जोड दिँदै रानाले परदेशी जीवन बिताउनु परेपनि विदेशमा रहेका मगरहरूले मगर समाज र राष्ट्रका लागि निकै महत्वपूर्ण योगदान गरेको उल्लेख गर्नुभयो ।

सो अवसरमा नेपाल मगर संघ कास्कीका कोषाध्यक्ष एवं आदिवासी जनजाति युवा महासंघ नेपाल, कास्कीका सचिव कुमार थापामगर र नेपाल मगर पत्रकार संघका केन्द्रीय उपमहासचिव रूद्रबहादुर श्रीसमगरले पनि मगर संघ बहराइन र नेपालका मगर संघसंस्था बीचको सम्बन्ध प्रगाढ बन्नुपर्नेमा जोड दिँदै मगर जातिको उन्नतिका लागि सहकार्यको आवश्यकता औंल्याउनुभएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %