सनु थापा मगर
बुटवल, २५ चैत्र – नेपाल मगर संघ जिल्ला समिति रुपन्देहीले नयाँ वर्ष २०७४ सालको शुभकामनाको अवसरमा चिण्डिके डुप्के मासबार (परिचय तथा भेटघाट कार्यक्रम) सम्पन्न गरेको छ ।
मगर संघ रुपन्देहीका अध्यक्ष गीता सारु मगरको अध्यक्षतामा शुक्रबार बुटवलमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले मगर एकताको शक्तिलाई राजैनैतिक शक्तिमा रुपान्तरण गर्नु पर्ने बताए ।
सो अवसरमा नेपाल मगर महिला संघ रुपन्देहीका सचिव केशरी गाहा, मगरसंघ बुटवल उपमहानगर समितिका अध्यक्ष गोपाल चोहानमगर, मगर बुद्धिजीवि तथा अगुवाहरु गोपाल राना, खेमेन्द्र राना लगायतले बोल्नु भएको थियो ।
कार्यक्रम संघका उपाध्यक्ष आन बहादुर सोती मगरको स्वागत तथा सचिव कमल थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।
