डा. सी. के राउतको रिहाईको लागि गएका कार्यकर्ताको “नेपाल प्रहरीद्वारा आखाँ फोडियो

Read Time:2 Minute, 52 Second

जनकपुर, मधेश चैत्र २४, २०७३:

स्वतन्त्र मधेश गठबन्धन,मोरंग दुवारा मोरंगको तेतरिया बाजारमा हिजो बुधवार डा. सी. के. राउतको निशर्त रिहाईको लागी आयोजित बिरोध कार्यक्रम भाग लिई घर फर्कने क्रममा बेलुकी ७ बजेतिर बाजार भन्दा अली अगाड़ी पुलमा मोटरसाईकल रोक्न लगाई मोटरसाइकलमा चढ़ेके अवस्थामा राजकुमार मुखियामाथी हरिचा चोकीका नेपाल प्रहरीटोलीले ज्यान लिने उद्देश्यले कायरतापूर्ण तरीकाले अंधाधुंध लाठी चार्ज गर्दा उहाँको आखाँमा गम्भीर चोट लागेको छ|

बटुवाहरूले राती कोशी अस्पतालमा भर्ना गरएको थियो भने बिहान बिराट आखाँ अस्पतालमा चेकअप गर्दा डा.ले आखाँको शल्यक्रिया गर्नु पर्ने भएकोले बिराटनगर आखाँ अस्पताल पठाएको छ| उहाँको मोटरसाइकल को. ४ प. ४४६६ नेपाल प्रहरीले लगेको छन| मधेशमा नेपाल प्रहरीले रंगभेदी, नश्लभेदी चरित्र पर्दर्शन गर्नुका सँगे गलिगलोज गर्ने, डर-त्रास देखाउने, कुट्पिट गर्ने गरेका छन|

स्वतन्त्र मधेस गठबन्धन (Alliance for Independent Madhesh, AIM) गठबन्धन सँगे आम मधेशी जनता प्रति सरकारबाट भएको उपरोक्त घटनाको घोर भर्त्सना गर्नुका साथै यस बारेमा देशी-विदेशका पत्रकार, कुटनितिज्ञ, राजनैतिक पार्टी, वुद्धिजीवि, मानवअधिकारकर्मी लगायत सबैमा हार्दिक अवगत एवं जानकारी गराउन चाहन्छौं । यस किसिमका दमनकारी, रंगभेदी र दमनात्मक क्रियाकलापले हाम्रो वाक्- स्वतन्त्रता, आवत-जावत गर्ने स्वतन्त्रता र भेला हुने स्वतन्त्रता माथि गम्भीर हस्तक्षेप हुनुका साथै नेपाल सरकारद्वारा मानवाधिकारको घोर हनन भइरहेको कुरा हामी विदित गराउन चाहन्छौं। सम्बन्धित व्यक्ति, संस्था र निकायहरूले आ-आफ्नो ठाउँबाट नेपाल सरकारका यस्ता क्रियाकलापलाई निरूत्साहित गर्न, दोषी प्रहरीलाई कार्वाही, मानवअधिकारको रक्षाका लागि आवश्यक पहल गरिदिनु हुन स्वतन्त्र मधेश गठबंधन हार्दिक अनुरोध गर्दछ |

प्रा. कैलाश महतो सह संयोजक,स्वतन्त्र मधेश गठबन्धन फोन: +९७७-९८४७०३८३२२

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %