ईप्सा रुपन्देहीको पहिलो बैठक सम्पन्न

Read Time:1 Minute, 58 Second

 

गोविन्द घर्ती


चैत्र २३ । पुर्वी क्षेत्र निजी विद्यालय ईप्सा रुपन्देहीको पहिलो बैठक सम्पन्न भएको छ ।

दशौ बार्षिक साधारणसभा तथा पाचौ अधिवेशनबाट निर्वाचित पदाधिकारीको बैठक सम्पन्न भएको हो । बैठकले पुर्व अध्यक्ष एकनारायण काफ्ले सल्लाहकार संयोजक रहेको सल्लाहकार समिति गठन गरेको छ । जसको सदस्यमा गुरुप्रसाद पौडेल, प्रेस सल्लाहकार गोविन्द घर्ती रहनु भएको छ ।

त्यसैगरी ईप्सा उपाध्यक्ष रामबहादुर गुरुङ्ग संयोजक रहेको परिक्षा तथा ग्रिड निर्माण उपसमिति गठन गरेको छ । जसको सदस्यहरुमा कृष्णप्रसाद गैरे, टिकाराम चापागाई रहनु भएको छ । कोषाध्यक्ष तारानाथ खरेलको संयोजकत्वमा अतिरिक्त क्रियाकलाप उपसमिति गठन गरेको छ । जसको सदस्यहरुमा प्रेमनारायण केवट, शिवलाल भूषाल रहनु भएको ईप्साले जनाएको छ ।

बैठकले अध्यक्ष बोधराज गौडेलको संयोजकत्वमा अनुगमन उपसमिति गठन गरेको छ । जसको सदस्यहरुमा रामबहादुर गुरुङ्ग, महेश पराजुली, तारानाथ खरेल, प्रेमनारायण केवट रहनु भएको छ ।

ईप्साका अध्यक्ष बोधराज गौडेलको अध्यक्षतामा भएको बैठकमा प्याव्सन रुपन्देहीका उपाध्यक्ष एकनारायण काफ्ले, पदाधिकारी तथा सदस्यहरुले आ–आफना भनाई राख्नु भएको थियो । उपाध्यक्ष रामबहादुर गुरुङ्गको स्वागत र सचिव महेश पराजुलीको संचालनमा बैठक सम्पन्न भएको थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %