देव पचभैया मगर

पाल्पा, चैत्र २३ – नेपाल मगर संघका केन्द्रिय अध्यक्ष नविन रोका मगरले अहिलेको संरचनामा स्थानिय तहको निर्वाचन भए आदीवासी जनजाति शमुदाय झन बर्षो पछि पर्ने दावी गर्नुभएको छ ।
संबिधानले सबै समुदायका भाषा, सस्कृत, सामाजिक मुल्य मान्यतालाई समान अधिकार नदिएको जनाउदै अन्तरिम संबिधानमा रहेको सिमान्तकृत समुदायका अधिकार र पहिचान , स्वायत्त र संरक्षित क्षेत्रका सवालमा बर्तमान संविधानमा कुनै उल्लेख नभएकोले उहाको भनाई छ । अन्तरिम संबिधानले दिएका अधिकारलाई समेत कटाएर जारी भएको बर्तमान संबिधान अधुरो र अपुरो भएको भन्दै तत्काल संसोधन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
{youtube}https://youtu.be/kAhJAghumkQ{/youtube}
नेपाल आदीवासी जनजाति महासंघ केन्द्रका बरिष्ठ उपाध्यक्ष समेत रहनुभएका रोकाले पत्रकार देव पचभैया संगको कुराकानीमा अहिलेकै अवस्था निर्वाचन भए नाम मात्रैको संघियता हुने जिकिर गर्नुभयो । पहिचान र अधिकार सहितको संघियता र लोकतान्त्रिक गणतन्त्रका लागी लामो समय देखि नेपाली जनताले आन्दोलन गरिरहेको स्मरण गर्दे उहाले पहिले संविधान संसोधन अनि मात्रै स्थानिय तहको निर्वाचन गर्न माग गर्नुभएको छ ।
