सङ्घीय/पहिचान गठबन्धनद्धारा काठमाडौंमा विरोध प्रदर्शन(भिडियो सहित)

संजय सिंजाली मगर


काठमाडौं, चैत्र २१ – सङ्घीय गठबन्धनद्वारा जारी ‘जनअवज्ञा तथा असहयोग आन्दोलन’ को अन्तिम दिन आज काठमाडौंमा नेवाः स्वायत्त राज्य मंकाः सङ्घर्ष समिति, नेपाः राष्ट्रिय पार्टी र ताम्सालिङ संयुक्त सङ्घर्ष समितिको आयोजनामा संयुक्त विरोध प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ ।

शान्तिबाटिकाबाट सुरु भएको सो प्रदर्शन बागबजार, पुतलीसडक, पद्योदय मोड, प्रदर्शनी मार्ग, भद्रकाली, सहिदगेट, सुन्धारा, न्युरोड हुँदै जुद्ध शालिकमा गई कोणसभामा परिणत भएको थियो ।

जुलुसको नेतृत्व सङ्घीय समाजवादी फोरम, नेपाल (ससफो, नेपाल) का वरिष्ठ नेता अशोककुमार राई, सह–अध्यक्ष राजेन्द्र श्रेष्ठ लगायत गठबन्धनका नेताहरूले गर्नुभएको थियो ।

 

{youtube}https://youtu.be/daSuj3Uu7Ew{/youtube}

 

कोणसभामा ससफो, नेपालका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठ, तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य मुरली सिंह, सङ्घीय लिम्बुवानका अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ र खसान राष्ट्रिय आन्दोलनका प्रेमबहादुर खातीले सारपूर्ण सम्बोधन गर्नुभएको थियो ।

जुलुस तथा कोणसभाको व्यवस्थापन ससफो, नेपालको नेवाः प्रदेश तदर्थ समितिले गरेको थियो ।

 

{facebook}1233650233351169{/facebook}
फोटो हेर्न तलको लिङ्क थिच्नुहोस् ।

सङ्घीय/पहिचान गठबन्धनद्वारा काठमाडौंमा विरोध प्रदर्शनको फोटो झलक