सिद्धार्थ सामुदायिक समाजको १३ औं साधारणसभा

Read Time:2 Minute, 13 Second

रूद्र श्रीसमगर


भैरहवा, चैत्र २० – सिद्धार्थ सामुदायिक समाज भैरहवाको तेहै बार्षिक साधारण सभा आज भैरहवामा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष समिता मल्लको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि महिला तथा बालबालिका कार्यालय रुपन्देहीका महिला विकास अधिकृत शारदा वस्यालले महिलाहरु आर्थिक रुपमा पनि आत्म निर्भर हुनुपर्नेमा जोड दिनुभएको छ । वहांले साधारण सभाको उद्घाटन गर्दै महिला र बालबालिकाको क्षेत्रमा संस्थाले पुर्याएको योगदानको चर्चा गर्दै सो कार्यमा सहयोग गर्ने लाई प्रशंसा पत्रले सम्मान गर्नुभएको थियो । साधारण सभामा अध्यक्ष मल्लले संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमा गैरसरकारी संस्था महासंघ रुपन्देहीका प्रतिनिधि रिमा विसी, जिल्ला समन्वय समितिका प्रतिनिधि राधा आर सि, गाविस सचिव हक हित संरक्षण केन्द्र रुपन्देहीका अध्यक्ष ओम बहादुर मल्ल, एविसी नेपालका प्रोजेक्ट म्यानेजर मनोज लामिछाने, जिल्ला कानुनी सहायता समितिका प्रोजेक्ट म्यानेजर अधिवक्ता सुनिल त्रिपाठी, पारदर्शी नेपालका सचिव विश्वप्रेम काफ्ले, जिल्ला महिला सन्जालका नगर अध्यक्ष सुवर्ण कुवर कारंजित, पुस्तक तथा स्टेशनरी व्यवसायी राजेन्द्र पोखरेल लगायतले बोल्नुभएको थियो ।

संस्थाका उपाध्यक्ष शसी थापाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सन्चालन सचिव हेमा लामिछानेले गर्नुभएको थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %