माओवादी केन्द्र रिसिङ गाउँपालिका अध्यक्षमा थापा

Read Time:1 Minute, 33 Second

रूद्र श्रीसमगर


Image may contain: 8 people, people standing and child

रिसिङ, चैत्र २० – नेकपा (माओवादी केन्द्र) तनहुँ अन्तर्गत रिसिङ गाउँपालिकाको प्रथम ऐतिहासिक सम्मेलनबाट अध्यक्षमा वीरबहादुर थापा ‘विरु’ चयन हुनुभएको छ ।

शनिबार सम्पन्न सम्मेलनबाट ४५ सदस्यीय गाउँपालिका समिति निर्माण गरिएको छ । जसको उपाध्यक्षद्वयमा बाबुराम विक र नरबहादुर सारू, सचिवमा गोमबहादुर राना, सह–सचिवमा मीनराज रामदाम र कोषाध्यक्षमा शर्मिला आले रहनुभएको छ ।

यसअघि, सम्मेलनको उद्घाटन गर्दै माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य एवं पूर्व सभासद् सुरेश आलेले स्थानीय तहको चुनाव घोषणा गरेर सरकारले संघीयताको कार्यान्वयन सुरु गरेको उल्लेख गर्नुभयो । ‘माओवादी सरकारले स्थानीय तहको चुनाव घोषणा गरेर संघीयताको कार्यान्वयन सुरु गरेको छ’, नेता आलेले भन्नुभयो, ‘संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता जस्ता एजेण्डा माओवादीकै भएकाले स्थानीय तहको चुनाव हामी जित्छौं ।’

सो अवसरमा माओवादी केन्द्रका केन्द्रीय सदस्यद्वय भक्त रसाइली र मदन आलेले पनि बोल्नुभएको थियो । 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %