जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा पुरस्कार बितरण गर्ने (प्रेस विज्ञप्ति)

Read Time:2 Minute, 39 Second

प्रेस विज्ञप्ति


Image may contain: 4 people

मगर आदिकवि जीतबहादुर सिञ्जाली मगर साहित्य प्रतिष्ठानले जयबहादुर हितान मगर स्मृति पुरस्कार–२०७२, मालवरसिं (एमएस) थापा झेंडी मगरलाई जीबसीम साहित्य पुरस्कार–२०७२, उवा–७, रोल्पा निवासी प्रेमप्रकाश घर्ति मगर ‘मायालु’ लाई र जीबसीम नवप्रतिभा साहित्य पुरस्कार–२०७२, प्रगतिनगर–८, नवलपरासी निवासी हेमा आले मगर ‘बोगी’ प्रदान गर्ने निर्णय गरेको छ सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुन मगर ‘पासाङ’ ज्यूलाई पनि सम्मान गरिने छ । मगर भाषा साहित्यमा उत्कृष्ट कृतिका श्रष्टा र मगर समाजमा योगदान पु¥याउने व्यक्तिलाई पुरस्कृत सहित सम्मान गरिने भएकोले प्रेश विज्ञप्ति जारी गरिएको छ ।


Image may contain: 1 person, sunglasses, glasses, suit and close-up

जयबहादुर हितान मगर स्मृति पुरस्कार–२०७२, को पुरस्कार राशी रु. २०,००० छ । नेपाल मगर संघ (तात्कालिन, नेपाल लाङ्घाली परिवार) संस्थापक केन्द्रीय सदस्य, पूर्व पूर्व मन्त्री मालवरसिं (एमएस) थापा झेंडी मगर, मगरका धरोहर, जातीय विभेदका विरोधी, आदिवासी जनजाति अभियन्ता र राजनीतिकर्मी र चर्चित पुस्तक प्राचिन मगर र अक्खा लीपि का लेखक हुन् ।


Image may contain: 1 person, selfie and close-up

जीबसीम साहित्य पुरस्कार–२०७२ को पुरस्कार राशी रु. ५५,००० छ । पुरस्कार राशी हरेक वर्ष रु. ५००० ले बृद्धि गर्दै लगिएको छ । अठार मगर खाम भाषामा युङला रो–२०६५ (मनको कुरा), कविता संग्रह, प्रातिका समय–२०७३ (भविष्यत्काल) निबन्ध संग्रह लेखेका घर्ति मगर मगर जातिका अभियन्ता पनि हुन् ।
 


Image may contain: 1 person
जीबसीम नवप्रतिभा साहित्य पुरस्कार–२०७२ को पुरस्कार राशी रु. १०,००० छ । मगर भाषामा रीक्मा–२०६६ (मगर भाषाको गजल संग्रह), लर्पूmओ मिच्याट–२०७०(मगर भाषाको कथा संग्रह), बोपरा खुया– २०७१ (मगर भाषाको पहिलो बालकथा संग्रह) लेखेका बोगी मगर प्रतिभाशाली लेखक हुन् ।



सञ्जोग लाफा मगर
(अध्यक्ष)

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %