गोविन्द घर्ती

देवदह, चैत्र २० – निजी विद्यालयले शिक्षा क्षेत्रमा अह्म भूमिका खेलेपनि राज्यले विभेद गरेको प्याव्सन रुपन्देहीका अध्यक्ष लेखनाथ पौडेलले बताउनु भएको छ ।
उहाले राज्यले सामुदायिक विद्यालय र संस्थागत विद्यालयलाई एउटै नजरबाट हेर्नुपर्ने बताउदै शिक्षा ऐनले निजी विद्यालयलाई सम्वोधन गर्न नसकेको आरोप लगाउनु भयो । पुर्वी क्षेत्र निजी विद्यालय परिवार ईप्सा रुपन्देहीको दशौ साधारणसभा तथा पाचौ अधिवेशनमा बोल्दै उहाले उक्त कुरा बताउनु भएको हो । अध्यक्ष पौडेलले राज्यले अवलम्वन गर्दै आएको छात्रवृत्ति ऐन खारेज गर्नुपर्ने माग गर्नु भयो । उहाले अन्र्तराष्ट्रिय स्तरीय गुणस्तर शिक्षाको लागि सवै विद्यालय लाग्नु पर्नेमा जोड दिनु भयो । उहाले गुणस्तर शिक्षाको लागि राज्यले दीर्घकालिन नीति ल्याउन आवश्यक रहेको बताउनु भयो । उहाले राज्यले निजी विद्यालय बन्द गराउने षयन्त्रण गरिहेको आरोप लगाउदै शिक्षा निमावली र ऐन निर्माण गर्दा निजी विद्यालयहरुलाई पनि सहभागी गराउनु् पर्नेमा जोड दिनु भयो ।
ईप्सा रुपन्देहीका अध्यक्ष एकनारायण काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा प्याव्सन रुपन्देहीका सचिव लक्ष्मण ज्ञवाली, ईप्सा रुपन्देहीका सल्लाहकार गुरुप्रसाद पौडेल, प्रेस सल्लाहकार गोविन्द घर्ती लगायतले आ–आफना भनाई राख्नु भएको थियो । कार्यक्रममा अध्यक्ष एकनारायण काफ्लेले बार्षिक प्रतिवेदन, कोषाध्यक्ष तारानाथ खरेलले आर्थिक प्रतिवेदन र सचिव रामबहादुर गुरुङ्गले प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
उपाध्यक्ष बोधराज गौडेलको स्वागत, सचिव रामबहादुर गुरुङ्ग, सहसचिव महेश पराजुलीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । पाचौ अधिवेशनले बोधराज गौडेलको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा रामबहादुर गुरुङ्ग, सचिवमा महेश पराजुली, कोषाध्यक्षमा तारानाथ खरेल, सहसचिवमा प्रेमनारायण केवट रहनु भएको छ । अन्य सदस्यहरुमा कृष्णप्रसाद गैरे, शिवलाल भूषाल, टिकाराम चापागाई, रमेश चौधरी रहनु भएको छ ।
