राज्यसत्ता
रुपन्देही, चैत्र १७ – राष्ट्रिय पूर्व सैनिक संगठन रुपन्देहीको क्षेत्रिय समिती पुनर्गठन भएको छ । क्षेत्रिय समिती दरिलो र मझबुत् बनाउन समिती पुनर्गठन गरिएको हो ।
समिती को बैठकले क्या. बिक्रम सिंह थापा ज्यु को अध्क्षयता ११ सदस्यि चयन् भएका छन । उक्त बैठक मा प्रमुख अथिति राष्ट्रिय जनमुक्ती पार्टी का जिल्ला सह-सचिब आशा गुरुङ को उपस्थिती रहेको थियो । बैठक लाई सम्बोधन गर्दै लुम्बिनी राज्य परिषद पूर्व सैनिक संगठनका पूर्व अध्क्षय शेर बहादुर पून, जिल्ला पूर्व सैनिक सगठनका अध्क्षय आन बहादुर सोती मगर, जिल्ला सदस्य भोज बहादुर राना, क्षेत्रिय अध्क्षय प्रेम थापा, नगर अधक्ष्य राम अस्लामी, वडा अध्क्षय ओम् बहादुर थापा ज्युहरु ले सम्पूर्ण भुपुहरु लाई राजनीति रुपमा गोलबन्दहुन र जनमुक्ती बिचराधारालाई आत्मासाथ गरी अघी बढन आव्हान गर्नु भयो ।
पूर्व सैनिक को हक-अधिकार प्राप्त गर्न अब जनमुक्ती बाहेक अरु बिकल्प नरहेको कुरा जानकारी गराउनु भयो । मुलुककै अर्थतन्त्र धानेका भुपुहरुको अबको माग भनेको राज्य सत्तामा भुपु मन्त्रालय हुनु पर्ने बिषयलाई बक्ताहरु ले बिशेष जोड दिएका थिए । अत्यन्तै उत्साहका साथ चलेको बैठकमा स्थानिय क्षेत्रका भुपुहरु को बाक्लो उपस्थिती रहेको थियो । उपस्थिती हरु लाई संम्बोधन गर्दै नवं अध्यक्ष थापाले पार्टी संगठन बिस्तार र सत्तामा पु-र्याउन संगठनले आर्थिक नैतीक र भौतिक सबै खाले सहयोग गर्ने प्रतिबद्दता जाहेर गर्नु भयो । मनोनित सबै पदाधिकारीहरु लाई शपथ ग्रहण क्षेत्रिय अध्यक्ष प्रेम थापाले गराउनु भएको थियो भने उपस्थिती सबैले बधाई तथा शुभ कामना दिएका थिए ।
अध्यक्ष: बिक्रम सिंह थापा
उपाध्यक्ष: ताम बहादुर गुरुङ
सचिवमा: तुल बहादुर राना
संगठन सचिव: हिरा लाल थापा
कोषाध्यक्ष: चेत बहादुर थापा
सदस्यहरुमा: नर बहादुर थापा
चित्र बहादुर आले
पदम बहादुर सिंजाली
ओ म् प्रशाद थापा
पूर्ण बहादुर थापा
टेक बहादुर थापा, चयन भएका छन् । उक्त कार्यक्रम प्रथम सहिद् क्या. लखन थापा मगर भवन, कोटिहावा सम्पन्न भएको थियो।
