गोविन्द घर्ती

देवदह, चैत्र १७ – राजनैतिक, आर्थिक, सामाजिक र पर्यावरणीय विकासले मात्र समावेशी लोकतन्त्र स्थापना हुने नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघका बरिष्ठ उपाध्यक्ष परितोष पौड्यालले बताउनु भएको छ ।
उहाले दीगो र समावेशी विकासको लागि सहकारी आवश्यक रहेकोले सहकारी मार्फत अगाडि बढ्नु पर्नेमा जोड दिनु भयो । बरिष्ठ उपाध्यक्ष पौड्यालले सवल र सक्षम सहकारी निर्माण गर्न भएका सहकारी वीच एकिकरणको आवश्यकता रहेकोमा जोड दिनु भयो । ६०औं राष्ट्रिय सहकारी दिवसको अवसरमा कोलिय सोकासद्धारा आयोजित सहकारी एकिकरण तथा आर्थिक समृद्धि र दीगो विकासका लागि सहकारी विषयक गोष्ठीमा बोल्दै उहाले उक्त कुरा बताउनु भएको हो । उपाध्यक्ष पौड्यालले दीगो विकासको लक्ष्य प्राप्तीको लागि योजना बनाएर अगाडि बढ्नु पर्ने बताउदै योजना निर्माणको लागि सक्षम नेतृत्वको आवश्यक रहेको औल्याउनु भयो । उहाले संसदमा पेश भएको सहकारी ऐनमा स्वविवेकीय अधिकार धेरै भएकोले सहकारी कर्मीहरुले विरोध जनाउनु परेको बताउनु भयो ।
दीगो आर्थिक समृद्धिको लागि सहकारीलाई राज्यले स्वीकार गरेपनि अन्य वित्तिय संस्थालाई जस्तै व्यवहार गरेको आरोप लगाउनु भयो । उहाले राज्यले अवलम्वन गरेको ३ खम्वे अर्थनीति कार्यान्वयन भएमात्र दीगो विकास भई देश समृद्धि तर्फ अगाडि बढ्नेमा जोड दिनु भयो । हरेक नागरिक उत्पादन संग जोडिएपछि मात्र देश आत्मनिर्भर बन्न सक्नेमा जोड दिदै सहकारीले स्वरोजगार सृजना गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा साकोसका अध्यक्ष सुवकान्त न्यौपानेले गोष्ठीको उद्देश्य माथि प्रकाश पार्दै सहकारीले ग्रामिण क्षेत्रका नागरिकको आर्थिक स्तर बृद्धि गर्न अह्म भूमिका खेलीरहेकोमा जोड दिनु भयो । सहकारीका अध्यक्ष सुवकान्त न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा नेप्mस्कुनका केन्द्रिय सदस्य कृष्ण नेपाल लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।
उपाध्यक्ष भिमप्रसाद गुरुङ्गको स्वागत, सचिव खेमानन्द ज्ञवालीको संचालनमा भएको कार्यक्रममा विभिन्न सहकारीका प्रतिनिधि, सहकारीका विभिन्न उपसमितिका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।
