देव पचभैया

पाल्पा, चैत्र १६ – नेपाल आदिवासि जनजाति पत्रकार महासंघ (फोनिज) पाल्पाको जिल्ला अधिबेसनले राजकुमार आलेको अध्यक्षतामा १३ सदस्यीय नया समिति चयन गरेको छ । आले यस अघि पनि फोनिज पाल्पाको अध्यक्ष हुनुहुन्थ्यो ।
अधिवेसनले उपाध्यक्षमा यमुना सारु, सचिबमा रन बहादुर कुमाल, सहसचिबमा अनु थापा, कोषाध्यक्षमा निरबहादुर सारुलाई निर्वाचित गरेको हो । सर्वसहमतका आधारमा निर्माण भएको जिल्ला शाखाको सदस्यहरुमा एवत सारु, प्रेम कान्छा राई, ज्ञान बहादुर वराल, यम घर्ती, गोपाल कुमाल, सुमि राना, इमान सिंग राना र कल्पना भुजेल निर्वाचित हुनुभएको छ ।
अधिबेशनले अनिल लिगल, योगमाया गाहा (सिता) र असवीर सारु लाई प्रदेश सभासदमा निर्वाचित गरेको छ । त्यस्तै रेखीराम राना, राजेन्द्र लिगल, हरी बहादुर सारु, प्रेम कुमाल र तिल्ता थापा लाई केन्द्रिय सभासदमा निर्वाचित गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि फोनिजका पश्चिमाञ्चल संयोजक देब पचभैयाले टिक्ने र बिक्ने पत्रकारको अभाव भैरहेको बेला आदिवासि जनजाति पत्रकार उत्पादन गर्न झन कठिन भएको बताउनुभयो । अधिकार र पहिचानको आन्दोलन उठाउन आम संचार क्षेत्रको महत्वपुर्ण स्थान रहने भन्दै संयोजक पचभैयाले आदीवासी जनजातिहरुले पनि मिडियामा लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा फोनिज पाल्पाका सल्लाहकार टोप अस्लामिले आमसंचार गृहमा समाबेशीयताको कमी भएको भन्दै मिडियाले उठाउने बिषय बस्तुमा पनि आदीवासी जनजातिका सवाल नगन्य भएको बताउनुभयो ।
पत्रकार राजेन्द्र लिगल, मगर महिला संघ पाल्पाकी अध्यक्ष प्रतिक्षा सिंजाली, आदिवासि जनजाति युव संघ पाल्पाका जिल्ला सचिब टेक ढेगा, नेपाल मगर विधार्थी संघका जिल्ला सचिब अमित राना लगायतले संचार क्षेत्रमा आदिवासी जनजाति पत्रकारको पहुच न्युन भएको भन्दै यस बिषयमा सबै गंभिर हुनुपर्नेमा जोड दिएका छन् ।
