नेपाल मगर भूपू सैनिक तथा प्रहरी संघ केन्द्रिय समितिको नियमित सातौं बैठक तथा विस्तारित बैठक पोखरामा

Read Time:1 Minute, 36 Second

मनोज घर्ती मगर


Image may contain: 4 people, people sitting

पोखरा, चैत्र १६ – नेपाल मगर भूपू सैनिक तथा प्रहरी संघ केन्द्रिय समितिको नियमित सातौं बैठक तथा विस्तारित बैठक मंगलबार पोखरामा बसेको छ ।
बैठकमा संघका महासचिव दलबहादुर बिरकट्टामगरले दिएको राजीनामा स्वीकृत गरि उनलाई संघको विभागिय प्रमुखको जिम्मेवारी दिइएको छ ।

बैठकले संघका सचिव भिमबहादुर रानामगरलाई महासचिवमा बढुवा गरेको छ । यस्तै कोषाध्यक्ष धनकेशर सूर्यबंशीमगरलाई सचिवमा बढुवा गरि तत्कालका लागि कोषाध्यक्षको जिम्मेवारी पनि दिइएको संघका केन्द्रिय अध्यक्ष हुमबहादुर थापामगरले जानकारी दिए । बैठकले केन्द्रिय सदस्यमध्ये एक जनालाई कोषाध्यक्षमा बढुवा गर्ने जिम्मा अध्यक्षलाई दिएको छ ।


Image may contain: 4 people, people standing

बैठकमा केन्द्रिय सदस्यहरु तथा काठमाडौं, ललितपुर, कास्की, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी, पाल्पा, रुपन्देही, चितवन, स्याङ्जाका जिल्ला अध्यक्षहरुको सहभागीता रहेको थियो । बैठकले ब्रिगेडियर जर्नेल श्याम थापाका ९३ वर्षिय बुवा देउविर थापाको निधनप्रति शोक प्रस्ताव समेत पारित गरेको थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %