बागलुङ–पोखरा मगर समाजको नयाँ वर्ष २०७४ को भित्तेपात्रो विमोचन

Read Time:1 Minute, 16 Second

रूद्र श्रीसमगर


Image may contain: one or more people, people standing and people sitting

पोखरा, चैत्र १३ – बागलुङ–पोखरा मगर समाजद्वारा प्रकाशित नयाँ वर्ष २०७४ को नयाँ भित्तेपात्रोको विमोचन गरिएको छ ।

शनिबार आयोजित एक कार्यक्रमका बीच समाजका ज्येष्ठ सदस्य डब्लुओटु दलबहादुर श्रीसमगर, समाजका संस्थापक अध्यक्ष दलबहादुर थापामगर, अध्यक्ष रामबहादुर पुनमगर, उपाध्यक्ष कृष्णाकुमारी श्रीसमगर र महिला विभाग प्रमुख रनमाया थापामगरले संयुक्त रूपमा सो भित्तेपात्रो विमोचन गर्नुभएको हो ।

Image may contain: one or more people and people standing

साथै, सो अवसरमा समाजलाई ग्यास सिलिण्डर प्रदान गर्नुहुने समाजका साधारण सदस्य कोपिला थापामगर र चन्द्रबहादुर थापामगरलाई सम्मान समेत गरिएको थियो ।

समाजका अध्यक्ष रामबहादुर पुनमगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव गजेन्द्र थापामगर र उपाध्यक्ष कृष्णाकुमारी श्रीसमगरले स्वागत गर्नुभएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %