रूद्र श्रीसमगर
पोखरा, १० चैत्र – नेकपा (माओवादी केन्द्र) कास्की अन्तर्गत मादी गाउँपालिका वडा नं. २, नामार्जुङको समिति पुनर्गठन गरिएको छ ।
मादी गाउँपालिका–२, रोहीगाउँमा बसेको भेलाले नरबहादुर तमु इञ्चार्ज रहने गरी कुमानसिंह तमुको अध्यक्षतामा २१ सदस्यीय समिति पुनर्गठन गरिएको हो । बैठकमा नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य एवं कास्की जिल्ला संयोजक दीपक कोइराला ‘रुपक’ले वर्तमान स्थानीय तहको संरचना माओवादीकै एजेण्डा भएकाले स्थानीय चुनावमा माओवादी केन्द्रलाई विजयी गराउन सबै एकढिक्का भएर लाग्न निर्देशन दिनुभयो ।
त्यस्तै, माओवादी केन्द्रका केन्द्रीय सदस्य लालबहादुर गुरुङले मादी गाउँपालिकाको समग्र विकासका लागि माओवादी पार्टी लागिपरेको जनाउँदै जिल्ला र केन्द्रबाट बजेट पार्न पार्टीले खेलेको भूमिकाको बारेमा बताउनुभयो ।
भेलाले पार्टीको मादी गाउँपालिका वडा नं. २ को सचिवमा मेघराज तमु, सह–सचिवमा कुमार तमुलाई चयन गरेको छ । त्यसैगरी, सदस्यहरूमा दिल तमु, प्रकाश तमु, दलबहादुर खत्री, जित तमु, ओम तमु, डम्बर तमु, धनबहादुर तमु, यम थापा, सुमन थापा, गम तमुलगायतका रहेका छन् भने सल्लाहकारमा दुर्गा तमु रहनुभएको छ । साथै, कुमार तमुको संयोजकत्वमा १५ सदस्यीय योङ कम्युनिष्ट लिग (वाईसीएल) गठन गरिएको छ । जसको सचिवमा यम थापा रहनुभएको छ ।
कुमानसिंह तमुको अध्यक्षतामा भएको भेलाको सञ्चालन नरबहादुर तमुले गर्नुभएको थियो ।
