नेपाल पुन मगर समाजद्वारा सल्लाहकार समिति गठन

Read Time:1 Minute, 34 Second

रूद्र श्रीसमगर   

पोखरा, ९ चैत्र – नेपाल पुन मगर समाजको प्रथम केन्द्रीय बैठक सम्पन्न भएको छ । बैठकले लालबहादुर तिलिजा पुनमगरको संयोजकत्वमा १७ सदस्यीय केन्द्रीय सल्लाहकार समिति गठन गरेको छ ।

त्यसैगरी, समाजका केन्द्रीय सल्लाहकारहरूमा गोर्खा मेजर चन्द्रबहादुर पहरे पुनमगर, क्या. बलबहादुर तिलिजा पुनमगर, भरतकुमार गर्बुजा पुनमगर, प्रदीप पहरे पुनमगर, रमन पहरे पुनमगर, क्या. तुलवीर पुर्जा पुनमगर (चितवन), तुलवीर गर्बुजा पुनमगर (बुटवल), क्या. वीरबहादुर पाइजा पुनमगर (तनहुँ), धनबहादुर पुनमगर, यामबहादुर पहरे पुनमगर (अर्चलबोट), याम चोचाड्डी पुनमगर (पर्वत), गोपाल पुनमगर, निर पुनमगर (तनहुँ), श्याममाया पहरे पुनमगर (रामबजार), मनकुमारी पुनमगर र हस्तकुमार गर्बुजा पुनमगर (काठमाडौं) रहनुभएको समाजका केन्द्रीय अध्यक्ष हर्कबहादुर पहरे पुनमगरले जानकारी दिनुभयो ।

त्यसैगरी, समाजको कानुनी सल्लाहकारमा अधिवक्ता सुरेन्द्र थापामगर र अधिवक्ता खगेन्द्र पुनमगरलाई चयन गरिएको अध्यक्ष पुनमगरले जानकारी दिनुभयो । बैठकको सञ्चालन सचिव खेमबहादुर गर्बुजा पुनमगरले गर्नुभएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %