गोविन्द घर्ती

देवदह, चैत्र ६ – राज्यको हरेक क्षेत्रमा महिलाहरुको समान सहभागिता हुनु पर्ने रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
उनीहरुले संविधानमा महिालहरुको अधिकार स्थापित भएपनि कार्यान्वयन गर्न कठिनाई रहेकोमा जोड दिएका थिए । देवदह–४, भवानीपुरमा आयोजित विउझिएका नेपाली गाउले महिला सञ्जाल रुपन्देहीको जिल्ला अधिवेशनको अवसरमा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन । कार्यक्रमका वक्ताहरुले समाज परिवर्तन गर्न महिलाहरु लाग्नु पर्ने भन्दै प्राप्त अधिकारलाई सुनिश्चित गर्न महिलाहरु नै सक्रिय भएर लाग्नु पर्नेमा जोड दिएका थिए ।
उनीहरुले दलिय स्वार्थ भन्दा माथि उठेर अधिकार प्राप्तीको लागि सम्पूर्ण महिलाहरु एकजुट हुने पर्नेमा जोड दिदै महिलाहरुको क्षमता बृद्धिका लागि राज्यले महिलाहरुलाई शसक्तिकरणका कार्यक्रम गर्न आवश्यक रहेको बताएका थिए । विउझिएका नेपाली गाउले महिला सञ्जालका अध्यक्ष सिता पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगरपालिकाका निमित्त प्रमुख विनोद ज्ञवाली, महिला जागरण सहयोग समुहका अध्यक्ष निर्मला चौधरी, महामाया भवानी माविका सहयाक प्राचार्य हुमनाथ पाण्डे, शहरी स्वास्थ्य विकास केन्द्रका अध्यक्ष लिलावल्लभ भट्टराई लगायतले आ–आफना भनाई राख्नु भएको थियो । अधिवेशनले सिमा चौधरीको अध्यक्षतामा विउझिएका नेपाली गाउले महिला सञ्जाल रुपन्देहीको समिति गठन गरेको छ ।
जसको उपाध्यक्षमा देवु भट्टराई, सचिवमा सरस्वती थापा, सहसचिवमा सृजना थापा, कोषाध्यक्षमा शुसिला भट्टराई रहनु भएको छ । अन्य सदस्यहरुमा अस्मिता गिरी, ओमकुमारी चौधरी, पुन्ती मुसहर, निर्मला तामाङ्ग रहनु भएको छ । त्यसैगरी सिता वस्याल, कमला भट्टराई, तारा भट्टराई, टिका कुमारी पाण्डे, विष्णु घिमिरेलाई सल्लाहकारमा चयन गरेको छ ।
लिलु गुरुङ्गको स्वागत र सरस्वती पोखरेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
