माओवादी केन्द्र मादी गाउँपालिकामा मित्र गुरुङ

Read Time:3 Minute, 28 Second

रूद्र श्रीसमगर

पोखरा, चैत्र  ५ – नेकपा (माओवादी केन्द्र) कास्की अन्तर्गत मादी गाउँपालिकाको भेलाले मित्र गुरुङको संयोजकत्वमा १ सय २५ सदस्यीय गाउँपालिका सम्मेलन आयोजक समिति गठन भएको छ ।
 
सम्मेलन आयोजक समितिको सचिवमा पार्टीका केन्द्रीय सदस्य लालबहादुर गुरुङलाई सम्मेलनसम्मका लागि जिम्मेवारी दिइएको छ । उक्त भेलामा मादी गाउँपालिकाका १२ वटै वडाका अध्यक्ष, सचिव, गाउँपालिकाभित्रका जिल्ला तथा केन्द्रीय सम्मेलन आयोजक समितिका सदस्यहरूको उपस्थिति रहेको थियो ।

उक्त भेलाले यही चैत्र १५ भित्र बाँकी रहेका वडा सम्मेलनहरू सम्पन्न गरी चैत्र १९ गते भैंसेमा गाउँपालिकास्तरीय गाउँपालिकाको सम्मेलन सम्मेलन गर्ने निर्णय गरेको छ । भेलामा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवं कास्की जिल्ला इञ्चार्ज राजकाजी गुरुङ ‘करण’, क्षेत्रीय इञ्चार्ज लालमोहन तिवारी ‘सागर’को उपस्थिति रहेको थियो ।

आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीलाई विजयी गराउन वडा, टोल सबै तहमा कमिटी निर्माणमा जुट्ने पनि भेलाले निर्णय गरेको छ । उक्त भेलामा आगामी निर्वाचनमा मादी गाउँपालिकाको अध्यक्ष पदका लागि माओवादी केन्द्रका तर्फबाट धेरैले आकांक्षा व्यक्त गरेका छन् । जसमा चन्द्रबहादुर गुरुङ (मिजुरे), लालबहादुर गुरुङ (मिजुरे), जीवन परियार (सैमराङ), मनवीर रानाभाट (माझठाना), डम्बर नेपाली (कालिका), छवि गुरुङ (सैमराङ), पूर्णसिंह गुरुङ (भाचोक), ऋषिराम सुवेदी (भाचोक), खिमप्रसाद लामिछाने (थुमाकोडाँडा), मीनबहादुर गुरुङ (थुमाकोडाँडा), रामबहादुर विक (थुमाकोडाँडा), पोलबहादुर गुरुङ (पार्चे), शेरबहादुर गुरुङ (सिल्दुजुरे) साथै, केन्द्रीय सदस्यहरू लालबहादुर गुरुङ (सिल्दुजुरे), मित्र गुरुङ (सैमराङ), तोरण गुरुङ (मिजुरे), कृष्णराज दाहाल (हंसपुर), क्षितिज सापकोटा (थुमाकोडाँडा)लगायतले मादी गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवार बन्न इच्छा व्यक्त गरेका छन् ।

जसमध्ये मित्र गुरुङ वा लालबहादुर गुरुङको बढी सम्भावना रहेको बताइएको छ । साथै, मादी गाउँपालिकाको उपाध्यक्ष पदका लागि महिला उम्मेदवारहरूमा प्रभा सापकोटा, नन्दश्री गुरुङ, जुना नेपाली, पदममाया कोइराला, लीला तामाङ, सोममाया गुरुङ, थमकुमारी गुरुङलगायतले इच्छा देखाएका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %