बागलुङ–पोखरा मगर समाजद्वारा सह–सचिव र तीन सदस्य मनोनित

Read Time:1 Minute, 40 Second

रूद्र श्रीसमगर

पोखरा, चैत्र ५ – बागलुङ–पोखरा मगर समाजले रिक्त रहेको सह–सचिव र तीन सदस्य मनोनित गरेको छ । शनिबार बसेको समाजको बैठकले रिक्त पदहरूमा पूर्ति गरेको हो ।
 
बैठकले सह–सचिव पदमा कार्यसमिति सदस्य रूद्रबहादुर श्रीस एवं सदस्यहरूमा सञ्जय पुन, कुमारी श्रीस र सु. चन्द्रबहादुर थापालाई मनोनित गरेको छ । त्यसैगरी, समाजका नयाँ सदस्यहरूलाई समेत बैठकका अवसरमा स्वागत गरिएको समाजका उपाध्यक्ष कृष्णाकुमारी श्रीसले जानकारी दिनुभयो ।

नयाँ सदस्यहरू दिलमाया छन्त्याल, नरबहादुर पुन र छमबहादुर थापालाई सो अवसरमा स्वागत गरियो । त्यस्तै, सोही अवसरमा समाजलाई भाँडाकुँडालगायतका जिन्सी सहयोग गर्ने माया थापा, सु. सूर्यबहादुर राना, सु. रामबहादुर थापालाई सम्मान पनि गरिएको थियो । यसैबीच, बैठकले समाजद्वारा प्रकाशित नयाँ वर्ष २०७४ सालको मगरात भित्तेपात्रो यही चैत्र १२ गते विमोचन गर्ने निर्णय गरेको छ ।

समाजकी उपाध्यक्ष कृष्णाकुमारी श्रीसको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव गजेन्द्र थापा र समाजका संस्थापक अध्यक्ष दलबहादुर थापाले पनि बोल्नुभएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %