संजय सिंजाली मगर

काठमाण्डौं, चैत्र ४ — गोरे बहादुर खपाङ्गी फाउण्डेशनलाई लाङ्घाली समाज नागोया, जापानमा बस्ने मगरहरुले ३० हजार रुपैया सहयोग गरेका छन् ।
लाङ्घाली समाजका कोषध्यक्ष लोक बहादुर रोका मगरका धर्मपत्नि चिना रोका मगरले फाउण्डेशनका अध्यक्ष हुमबहादुर थापा मगरलाई एक कार्यक्रम गरि रकम हस्तान्तरण गरेका हुन् । उक्त रकम हस्तान्तरणमा फाउण्डेशनका सल्लाहकार क्या. कुल प्रसाद पुन मगर र चन्द्र बहादुर थापा मगरको समेत उपस्थिति रहेको थियो ।
लाङ्घाली समाज नागोयाले २ पटक सम्म नेता खपाङ्गीलाई सहयोग गरेको र यो तेस्रो पटक पाउण्डेशनलाई सहयोग गरेको चिना रोका मगरले राज्यसत्तालाई जनकारी दिए ।
