२१औं सताप्दिमा पनि बाल बिबाह गरेको बर्ष दिन नपुग्दै गर्भवती हुने सख्या वृद्धि

Read Time:4 Minute, 15 Second
माया मगर 
 
समाज अझै अन्धकारमा रुमलिएको छ, जमाना कहाँ बाट पुगिसकेको छ तर सोचाई भने उस्ताको उस्तै छ । छ-सात कक्षामा पढ्दा पढ्दै प्रेममा रमाउने, प्रेम शुरु भएको एक बर्ष नपुग्दै बिहे गर्ने र बिहे गरेको एक वर्ष  नपुग्दै गर्भवती हुने किशोरीको संख्या नेपाल अधिराज्य मै  बढ्दै गएको छ । 
 
साथी संगीहरुको लहलहैमा लागेर सानै उमेरमा बिहे गरेर गर्भवती भएका किशोरीहरुलाई स्वास्थ्य शिक्षाको राम्रो जानकारी नहुँदा जोखिमपूर्ण अवस्थामा रहेको एक अध्यायनले देखाएको छ । किशोरी उमेरमा आमा बनेकाहरुको अवस्था निकै आश्चर्यलाग्दा र जोखिमपुर्ण रहेको तथ्य फेला पारेको छ । २० बर्ष भन्दा कम उमेरमै गर्भवती हुदा आमा र बच्चा को मृत्यु हुने सम्भाबना बढी हुन्छ भन्ने सुने पनि किन र कसरी जोखिममा पर्छ भन्ने बारेमा प्रष्ट र सहि जानकारी नहुने हुदा स्वास्थ्य नै जोखिमपूर्ण अवस्थामा हुन्छ । समाजमा बिहे गरेको एक बर्ष सम्म गर्भवती नहुने महिलालाई श्रीमानले यो श्रीमती बाट बच्चा हुदैन भनेर छोड्ने, हेला गर्ने, उस्तै परे अर्काे बिहे गर्ने, देखि परिवारका सदस्य तथा छिमेकीले कुरा काट्ने भएकाले प्रेम बिबाह गरेका किशोरीहरु माथि बिहे गरेको एक बर्ष नपुग्दै गर्भबति हुन चर्काे दबाब पर्ने गरेको छ। उनीहरु नियमित स्वास्थ्य चेक जाचका लागि समेत स्वास्थ्य चौकीमा जादैनन ।
 
बिरामी भएको थाहा भई हाल्यो भने पनि बिरामी परिएको छैन ? अनि किन स्वास्थ्य संस्थामा जाने भन्दै उनीहरुले नियमित रुपमा चेक जाच समेत गराउदैनन । नियमित रुपमा स्वास्थ्य परिक्षण नगराउने र सुत्केरी हुने क्रममा समस्या परेपछि मात्र अस्पताल आउने किशोरी र उनीबाट जन्मने शिशुहरुको मत्यु हुने जोखिम बढी भएको अवस्थामा छ । जब महिला मानसिक, शारीरिक रुपमा बिकसित हुदै संग संगै शिक्षित हुन्छ अनि मात्रै एउटी महिलाले आफ्नो स्वास्थ्य, शिक्षा, रोजगार र अधिकारको बारेमा निर्णय गर्न सक्छिन ।

के हुन् त खतराहरु बाल बिबाह गर्दा हुने :-
२० वर्षको उमेर नपुगी महिलाले बच्चा जन्माउदा खेरि उनिको शारीरिक र मानसिक रुपमा बिकसित भैसकेको हुदैन त्येसैले बच्चा जन्माउदा आमा र बच्चा दुबैको ज्यान जाने खतरा हुन्छ । अर्को कुरा उनि संग स्वास्थ्य सम्बन्धि कति वर्षको उमेरमा बिबाहा गर्ने, कहिले बच्चा जन्माउने, कति वटा बच्चा जन्माउने धेरै सन्तान जन्माएमा आफ्नो स्वास्थ्य लाई के हानिकारक हुन्छ ? भन्ने यी निर्णय गर्ने क्षमता नै हुदैन ।  
गरीवी अभाव, अशिक्षा, चेतनाको कमीले बाल बिबाह गर्नेहरुको संख्यामा वृद्धि हुदै गइरहेको छ । नेपाल अधिराज्य भरिको कुना-कुनामा बाल बिबाह सम्बन्धि हानीकारक चेतनाहरू दिनु सक्यो भने यो चलन अन्त्य भएर जानेछ ।
(लेखक : नेपाल रेडक्रस सोसाईटी रिवार्ड प्रोजेक्टमा (FRCH)सम्बन्धित काम गरेको अनुभबमा)
0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %