रुपन्देहीको देवदहमा वन डढेलो सचेतना र्याली

Read Time:2 Minute, 42 Second

गोबिन्द घर्ती


चैत्र ३ । रुपन्देहीको देवदहमा वन डढेलो सचेतना सप्ताह अन्र्तगत र्याली सम्पन्न भएको छ । वनमा डढेलो लाग्न नदिन र आम उपभोक्ताहरुलाई सचेत र सजग गराउने उद्देश्यका साथ उक्त वन डढेलो सचेतना सप्ताह कार्यक्रम सम्पन्न गरेको हो ।

जिल्ला वन कार्यालय रुपन्देही, नेपाल अविनास सामाजिक सेवा संस्थाको आयोजना र गाउ वन समन्वय सञ्जाल रुपन्देहीको समन्वयमा उक्त सचेतना कार्यक्रम सम्पन्न भएको हो । सेक्टर वन कार्यालय शितलनगरबाट शुरु भएको सचेतना र्याली दाउन्ने, शिवालय सामुदायिक वन, स्मृति सामुदायिक वन, बुद्धनगर सामुदायिक वन, प्रगति सामुदायिक, जनप्रिय सामुदायिक वन हुदै चरेङ्गेमा पुगेर सम्पन्न भएको थियो ।

सचेतना र्याली संगै विभिन्न स्थानमा कोणसभा समेत सम्पन्न भएको छ । कोणसभामा बोल्ने वक्ताहरुले वनको संरक्षण संगै वन डढेलो लाग्न नदिन आम उपभोक्ताहरु नै सचेत र सजग हुनु पर्नेमा जोड दिएका थिए । उनीहरुले वनको संरक्षणले मात्र वातावरण बचाउन सकिने भएकोले वन डढेलो नियन्त्रण गर्न गाउ टोलमा रहेका आमनागरिकलाई सचेत गराउनु पर्नेमा जोड दिएका थिए ।

वन जंगलमा प्रवेश गर्दा आगोजन्य पदार्थ लैजान नहुनेमा जोड दिदै चुरे क्षेत्रमा लाग्ने आगलागीलाई सवैले मिलेर निभाउनु पर्नेमा जोड दिएका थिए । उनीहरुले हरेक सामुदायिक वनहरुले अग्नी दस्ता निर्माण गरी वनमा आगो लाग्न नदिन विशेष पहल गर्नुपर्नेमा जोड दिएका थिए । सचेतना र्यालीमा जिल्ला वन कार्यालय रुपन्देहीका डिलाराम पोखरेल, सेक्टर वन कार्यालयका प्रमुख सतेन्द्र नारायण सिंह, गाउ वन समन्वय सञ्जाल रुपन्देहीका अध्यक्ष खेमनारायण अधिकारी, भलुही ईलाका वनका प्रतिनिधि, विभिन्न सामुदायिक वनका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %