मंगोल नेशनल अर्गानाईजेसन देवदहको प्रथम नगर अधिवेशन यही फागुन २७ हुने

Read Time:1 Minute, 32 Second

गोविन्द घर्ती


Image may contain: 3 people, people standing

देवदह, फागुन २४ – मंगोल नेशनल अर्गानाईजेसन देवदहको प्रथम नगर अधिवेशन यही फागुन २७ गते हुने भएको छ ।

प्रथम अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको अर्गानाईजेसनले जनाएको छ । देवदहमा पत्रकार सम्मेलनको आयोजना गरी तयारी पुरा भएको अर्गानाईजेसनले जनाएको हो । सो अवसरमा बोल्दै अर्गानाईजेसनका जिल्ला अध्यक्ष शिवबहादुर गुरुङ्गले ५ बर्ष भित्र सत्ताकव्जा गर्ने दावी गर्नु भयो ।

उहाले अर्गानाईजेसनले अहिले संगठन विस्तार संगै बैचारिक बहसलाई तिव्रता दिईरहेको जानकारी दिनु भयो । जिल्ला अध्यक्ष गुरुङ्गले देशमा भएको श्रोत साधनलाई प्रयोग गर्न नसकदा विकासले फड्को मार्न नसकेको बताउनु भयो । देवदह–१०, घोडाहाबाट ¥याली सहित देवदहको खैरेनीमा आएर सभामा परिणत हुने पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो ।

अधिवेशनको उद्घाटन सत्रमा अर्गानाईजेसनका केन्द्रिय कोषाध्यक्ष दिनेश वान्तवा आउनु हुने जनाएको छ । फागुन २६ गते वन्दसत्र संचालन गरिने र २७ गते घोषणा गरिने अध्यक्ष गुरुङ्गले जनाकारी दिनु भयो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %