देव पचभैया मगर

पाल्पा, फागुन २३ – सौभाग्य माबी चिदिपानी पाल्पाले आफ्नो ६५ औ बार्षिक उत्सब शनिवार मनाएको छ ।
नेपाल सरकारका महालेखानियन्त्र तथा विद्यालयका पुर्ब विद्यार्थी राजेन्द्र नेपालले उद्घाटन गर्नुभएको बार्षिक उत्सव कार्यक्रममा बिधालयका प्रधानाध्यापक गोविन्द न्यौपानेले बार्षिक प्रतिबेदन पेश गर्नुभएको थियो ।
बिधालयका उत्कृष्ट बिधार्थी र बार्षिक उत्सवको अवसरमा आयोजित प्रतियोगितामा बिजेताभएकालाई पुरस्कृत गरिएको थियो ।
शिक्षक शिव नेपालको स्वागतबाट सुरु भएको कार्यक्रम लोक बहादुर थापाको अध्यक्षता र दोलख गैरेको संचालनमा सम्पन्न भएको बिधालय ब्यवस्थापन समितिका सदस्य राजकुमार पन्थीले जानकारी दिनुभयो ।
नेक सिंह मगर स्मृति अक्षयकोष स्थापना

बिधालयको बार्षिक उत्सवमा स्वर्गिय नेक सिंह सारु मगर स्मृति अक्षयकोष स्थापना गरिएको छ । चिदिपानी ३ स्थायी घर भई अहिले बुटवल १५ बस्ने स्वर्गिय नेक सिंह शारु मगरको प्रथम बार्षिक पुण्य तिथिको अवसरमा ५१ ह्जार पाच सय पाच रुपियाको अक्षयकोष स्थापना गरिएको हो ।
श्रीमती कालीसरा सारु, छोरा सोम बहादुर थापा(पुर्व प्रहरी नायव उपरिक्षक), भिम बहादुर सारु(युके) रोम थापा तथा छोरीहरु मिश्रा थापा, रुमा थापा र सम्पुर्ण परिवारको तर्फ बाट स्वर्गिय नेक सिंह सारु मगर स्मृति अक्षयकोष स्थापना गरिएको हो ।
कोष मार्फत हरेक बर्ष बिधालयका नौ कक्षा देखि बाह्र कक्षामा पढ्ने दुई जना उत्कृष्ट छात्र छात्रालाई छात्रबृति प्रदान गरीने र हरेक बर्ष अक्षय कोषमा रकम थपिदै जाने छोरा सोम बहादुर थापाले जानकारी दिनुभयो ।
सोही कार्यक्रममा स्वर्गिय नेक सिंह सारु मगरको बार्षिक पुण्य तिथिकै अवसरमा बिधालयको पुस्तकालयलाई ८५ हजार बरावरको पुस्तक हस्तान्तरण गरेको बिधालय ब्यवस्थापन समितिका सदस्य राजकुमार पन्थीले जानकारी दिनुभयो ।
