कोलिय विकास केन्द्रले एम्वुलेन्सको शुभारम्भ गर्यो

Read Time:3 Minute, 11 Second

गोविन्द घर्ती


Image may contain: 1 person, bus and outdoor

देवदह, फागुन २३ – एम्वुलेन्स खरीद गर्ने कार्यभन्दा नियमित र दीर्घकालिन रुपमा सचालन गर्ने प्रक्रिया चुनौती पूर्ण रहेको जिल्ला विकास समिति रुपन्देहीका स्थानीय विकास अधिकारी युवराज सुवेदीले बताउनु भएको छ ।

उहाले विभिन्न संघसंस्थाले संचालन गर्ने एम्वुलेन्सलाई दुरुपयोग नगरी नितान्त विरामीको ज्यान बचाउने काममा मात्र प्रयोग गर्नुपर्नेमा जोड दिनु भयो । कोलिय विकास केन्द्र देवदह रुपन्देहीद्धारा संचालित एम्वुलेन्सको शुभारम्भ गर्दै उहाले उक्त कुरा बताउनु भएको हो । उहाले रुपन्देही जिल्लामा विकास निर्माणको आवश्यक पर्ने नदीजन्य जन्य पदार्थ सहजरुपमा उपलब्ध हुन नसकेकोले विकास निर्माणमा समस्या आएको बताउनु भयो । रुपन्देहीको लागि हरेक बर्ष ६ देखि ७ लाख धनमिटर गिट्टी वालुवा आवश्य रहेपनि राज्यको सही नीति नहुदा विकास निर्माणले तिव्रता पाउन नसकेको बताउनु भयो ।

कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै कोलिय विकास केन्द्रका अध्यक्ष प्रकाश अर्यालले ग्रामिण क्षेत्रका आमनागरिकलाई स्वास्थ्य क्षेत्रमा पहुच पुर्याउने उद्देश्यका साथ केन्द्रले संचालन गरेको एम्वुलेन्स देवदहको ढेकावरबाट संचालन गर्न लागेको बताउनु भयो । केन्द्रले सामाजिक कार्य संगै कोलिय साकोसको वित्तिय सहयोगबाट संचालन भएको एम्वुलेन्सले स्थानीयवासीहरुलाई सेवा पुग्नेमा जोड दिनु भयो ।

शुभाम्भ कार्यक्रममा देवदह नगरपालिकाका कार्यकारी अधिकृत अमरनाथ ढकाल, देवदह सहकारीका अध्यक्ष ऋषिराम लामिछाने, कोलिय साकोसका अध्यक्ष सुवकान्त न्यौपाने, माओवादी केन्द्रका जिल्ला सदस्य प्रजापति सापकोटा, रञ्mसञ्चार केन्द्र बुटवलका संयोजक मित्रलाल न्यौपाने, देवदह आदर्श बहुमुखी क्याम्पसका जीवलाल पराजुली, आदिवासी जनजाति महासंघका बमबहादुर गुरुङ्ग, दुर्गा क्षेत्री, दिलेश्वर श्रेष्ठ लगायतले आ–आफना भनाई राख्नु भएको थियो । उ

पाध्यक्ष कृष्णराज पौडेलको स्वागत र सचिव विनोद पराजुलीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %