भलुहीमा विदाई कार्यक्रम सम्पन्न

Read Time:1 Minute, 40 Second

 

गोविन्द घर्ती

देवदह, फागुन २१ – जनप्रिय माध्यमिक विद्यालय देवदह–११ भलुहीमा विदाई कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालयमा अध्यनरत कक्षा ९ का विद्यार्थीहरुले कक्षा १० का विद्यार्थीहरुलाई एक कार्यक्रमका वीच विदाई गरिएको हो । सो अवसरमा बोल्ने वक्ताहरुले मिहिनेतले मात्र सफलता प्राप्त गर्न सकिने भएकोले विद्यार्थीहरुले मिहिनेत गर्नु पर्नेमा जोड दिएका थिए । उनीहरुले सफल शिक्षाको लागि अनुशासनले महत्वपूर्ण भूमिका खेल्ने भएकोेले विद्यार्थीहरु अनुशासित भएर लाग्नु पर्नेमा जोड दिएका थिए । कक्षा ९ का विद्यार्थी अनिता सिंजालीको अध्यक्षता र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव पराजुलीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गायत्री खरेल, पत्रकार त्रिलोचन दहाल, शिक्षकद्धय उमाकान्त अधिकारी, बेदप्रकाश अधिकारी, विद्यार्थी आशिष रसाईली, चेतन थापा लगायतले सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।

विद्यार्थी सोनी भण्डारीको स्वागत र सविना खत्रीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %