गोविन्द घर्ती

देवदह, फागुन १९ – गर्मी र सुख्खायाम संगै वन डढेलोको प्रकोप हुन सक्ने भएको हुदा स्थानीय उपभोक्ताहरु सचेत र सजग हुनु पर्ने जिल्ला वन कार्यालय रुपन्देहीका प्रमुख रोमराज लामिछानेले बताउनु भएको छ ।
उहाले हरेक बर्ष वन डढेलोको कारण लाखौ रुपैयाको वन विनास हुने गरेको भन्दै वनको संरक्षण र सम्वद्र्धनमा लाग्नु पर्नेमा जोड दिनु भयो । शिवालय सामुदायिक वन उपभोक्ता समुह देवदहको १४ औं बार्षिक साधारणसभा तथा ७ औं अधिवेशनको उद्घाटन गर्दै उहाले उक्त कुरा बताउनु भएको हो । अधिकृत लामिछानेले निर्वाचनको समयमा वन कर्मचारीहरु निर्वाचनमा खटिनु पर्ने भएकोले चोरी निकासी बढ्न सक्ने हुदा चोरी निकासी रोक्न उपभोक्ताहरु सचेत भएर लाग्नु पर्नेमा जोड दिनु भयो । उ
हाले गरिवी न्यूनिकरणको लागि सामुदायिक वनले निर्देशिका अनुसार काम गर्नुपर्नेमा निर्देशन दिनु भयो । उहाले काठदाउराको आपूर्तिमा समन्वय आवश्यक रहेको बताउनु भयो । उहाले काठ दाउरा दुरुपयोग नहोस भन्ने कुरामा सामुदायिक वनहरु सचेत बन्नु पर्नेमा जोड दिनु भयो । समुहका अध्यक्ष खेमनारायण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगरपालिकाका कार्यकारी अधिकृत अमरनाथ ढकाल, सामुदायिक वन उपभोक्ता महासंघ रुपन्देहीका अध्यक्ष मिना पाण्डे, गाउ वन समन्वय सञ्जाल रुपन्देहीका उपाध्यक्ष तेजबहादुर कुवर, नेकपा एमालेका टिकाराम चापागाई, साना किसान कृषि सहकारीका टिका गौतम, शिवकल्याण डेरी उद्योगका गुणखर भुर्तेल, देवदह ईङलिस बोडिङ्ग स्कुलका विष्णुप्रसाद पौडेल, सल्लाहकार संयोजक वासुदेव रिमाल, युवराज पाठक लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।
कार्यक्रममा विद्यार्थी, जेष्ठ नागरिक, एकल महिला, अपाङ्गलाई सम्मान गरिएको थियो । कार्यक्रममा अध्यक्ष खेमनारायण अधिकारीले प्रगति प्रतिवेदन, लेखा संयोजक गणेश वस्यालले लेखा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । समुहका सदस्य यमकुमारी भूषालको स्वागत, दामोदर क्षेत्री र टिकारा भूषालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
