नेपाल पुन मगर समाजको अध्यक्षमा हर्कबहादुर पुनमगर, मगर संघलाई महासंघ बनाउन माग

Read Time:3 Minute, 6 Second

रूद्र श्रीसमगर


Image may contain: 13 people, people standing

पोखरा, फागुन १९ – नेपाल पुन मगर समाजको अध्यक्षमा हर्कबहादुर पुनमगर सर्वसम्मत चयन हुनुभएको छ । मंगलबार र बुधबार पोखरामा भएको समाजको प्रथम साधारणसभाबाट अध्यक्षमा पुन सर्वसम्मत चयन हुनुभएको हो ।

‘मगर जातिको एकताका लागि भाषिक आधारमा मगर महासंघ बनाऔं, नेपाल पुन मगर समाजको प्रथम साधारणसभा भव्य रूपले सफल पारौं’ भन्ने मूल नाराका साथ सम्पन्न भएको साधारणसभाबाट उपाध्यक्षमा झमबहादुर पुनमगर, सचिवमा खेमबहादुर पुनमगर, सह–सचिवमा लेखबहादुर पुनमगर र कोषाध्यक्षमा जितु पुनमगर सर्वसम्मत चयन हुनुभयो ।


Image may contain: 3 people, people standing, people sitting and shoes

त्यसैगरी, सदस्यहरूमा क्षिता पुनमगर, नरबहादुर फगामी पुनमगर, कल्पना पुनमगर, दलबहादुर पुनमगर, सीमा गर्बुजा पुनमगर र दीपकबहादुर पुनमगर सर्वसम्मत चयन हुनुभएको छ । नवनिर्वाचित केन्द्रीय कार्यसमितिलाई निर्वाचन मण्डल संयोजक भरतकुमार गर्बुजा पुनमगरले सपथ ग्रहण गराउनुभएको थियो ।

यसअघि, साधारणसभाको उद्घाटन गर्दै पूर्व आपूर्ति मन्त्री गणेशमान पुनमगर ‘रश्मी’ले पुनहरू पनि मगर नै भएको बताउनुभयो । ‘पुन मगर जातिको एक महत्वपूर्ण थर हो’, पूर्व मन्त्री रश्मीले भन्नुभयो, ‘सबै मगरबीच एकताको विकल्प छैन ।’ पुन मगरहरूले छुट्टै सूचीकरणमा जानु आवश्यक नभएको भन्दै पूर्व मन्त्री रश्मीले मगर संघलाई महासंघ बनाउनुपर्ने माग सैद्धान्तिक हिसाबले ठिकै भएको उल्लेख गर्नुभयो । मगर महासंघ बनाउने विषयलाई छलफल गर्दै जानुपर्ने पूर्व मन्त्री रश्मीको भनाइ थियो ।


Image may contain: 1 person, on stage

साधारणसभाको उद्घाटनका अवसरमा नेपाल मगर संघका महासचिव ज्ञानेन्द्र पुनमगर, पूर्व अध्यक्ष एवं सल्लाहकार झकबहादुर थापामगर, पूर्व उपाध्यक्ष श्याममाया पुनमगर, पूर्व महासचिव अधिवक्ता सुरेन्द्र थापामगर, पुन मगर समाज हङकङका सल्लाहकार निर पुनमगर, समाजसेवी गोर्खा मेजर चन्द्रबहादुर पुनमगरलगायतले मगरहरूबीच एकता हुनुपर्ने बताउँदै मगर समुदायका तीन वटै मगर भाषालाई समान रूपले विकास गर्नुपर्नेमा जोड दिएका थिए ।

नेपाल पुन मगर समाजका अध्यक्ष हर्कबहादुर पुनमगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव खेमबहादुर पुनमगर र उपाध्यक्ष झमबहादुर पुनमगरले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %