देवदहमा विपद् व्यवस्थापन न्यूनिकरण सम्वन्धी गोष्ठी सम्पन्न

Read Time:2 Minute, 20 Second

गोविन्द घर्ती


देवदह, फागुन १९ – रुपन्देहीको देवदहमा विपद् व्यवस्थापन न्यूनिकरण सम्वन्धी योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ ।

देवदह नगरपालिका स्तरीय विपद् व्यवस्थापन समितिको आयोजनामा उक्त योजना गोष्ठी सम्पन्न भएको हो । गोष्ठीले देवदह क्षेत्रमा हुन सक्ने संभावित विपद्को खोजी गर्ने र त्यसको न्यूनिकरणको लागि योजना तर्जुमा गोष्ठी सम्पन्न भएको हो । गोष्ठीमा तत्काल आईपर्ने विपदलाई व्यवस्थापन गर्न योजना निर्माण गरी अगाडि बढ्ने निर्णय गरेको छ । बाढी पहिरो, हावाहुरीबाट हुने क्षति, आगलागी, डढेलो, नदी कटान, सडक दुघर्टना जस्ता विपद्लाई पहिचान गरेर योजना निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।

देवदह नगरपालिकाका कार्यकारी अधिकृत अमरनाथ ढकालको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगरपालिकाका कार्यकारी अधिकृत रामप्रसाद सापकोटा, नेपाल अविनास सामाजिक सेवा संस्थाका अध्यक्ष खड्कबहादुर विक, नेकपा एमालेका जिल्ला सदस्य प्रकाश अर्याल, राष्ट्रिय जनमोर्चाका हरी केसी, नेपाली काग्रेसका रुद्रप्रसाद पराजुली लगायतले आ–आफना भनाई राख्नु भएको थियो । सोही अवसरमा विद्यालय स्तरीय विपद् व्यवस्थापन सम्वन्धी चित्रकला प्रतियोगिता सम्पन्न भएको थियो । प्रतियोगितामा ग्रिनप्लान्ट आवासी मावि प्रथम, देवदह ईङलिस बोडिङ्ग स्कुल द्धितिय, केरवानी माध्यमिक विद्यालय तृतिय र युग ज्योति माध्यमिक विद्यालयले सान्त्वना स्थान हासिल गरेको आयोजकले जनाएको छ ।

विनोद खातीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %