गोविन्द घर्ती

देवदह, फागुन १९ – आर्थिक अवस्था कमजोर भएकालाई स्वास्थ्य सम्वन्धी चेतना जगाउने उद्देश्यले रुपन्देहीको देवदहमा एक दिने निशुल्क मुटु, दम तथा मृगौला रोग सम्वन्धी स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
देवदह स्वास्थ्य चौकीको आयोजना, कोलिय सहकारीको वित्तिय सहयोग, देवदह नगरपालिका, कोलिय सामुदायिक विकास केन्द्र, रोटरी क्लव अफ बुटवलको सहयोगमा कार्यक्रम सम्पन्न भएको थियो । निशुल्क एक दिने मुटु, दम तथा मृगौला रोगको स्वास्थ्य शिविरमा गौतम बुद्ध सामुदायिक मुटु अस्पताल बुटवलको प्राविधिक सहयोग रहेको थियो । शिविरमा ईको ७५ जना, ईपीजी २१७ जना, ल्याव १७१ जना, पिएफटि १४ जना गरी ३ सय ८४ जनाले स्वास्थ्य परिक्षण गरेको आयोजकले जनाएको छ ।
कोलिय सामुदायिक विकास केन्द्रका अध्यक्ष प्रकाश अर्यालको अध्यक्षता र जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख चरामणि भण्डारीको प्रमुख आतिथ्यतामा उक्त शिविर सम्पन्न भएको हो । सो अवसरमा बोल्ने वक्ताहरुले स्वास्थ्यलाई ख्याल गर्न सके मात्र निरोगी भएर बाच्न सक्नेमा जोड दिएका थिए । उनीहरुले आर्थिक अवस्था कमजोर भएका नागरिकहरुले समेत शिविरबाट सेवा प्राप्त गर्न सक्ने बताएका थिए ।
कार्यक्रममा देवदह नगरपालिकाका कार्यकारी अधिकृतद्धय अमरनाथ ढकाल, रामप्रसाद सापकोटा, गौतम बुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलम, डा. समिर गौतम, रुपन्देही उद्योग संघका दिनेशराज रेग्मी, कोलिय साकोसका सुवकान्त न्यौपाने, नेपाली काग्रेसका गुणाखर भुर्तेल, नेकपा एमालेका यम राना, माओवादी केन्द्रका मोतीलाल ढकाल, क्रान्तिकार माओवादीका ऋषिराम लामिछाने, नेपाल कम्यूनिष्ट पार्टीका मुक्तिराम अर्याल, जीवलाल पराजुली, मित्रलाल न्यौपाने, ऋषिराम सापकोटा, विनोद शर्मा लगायतले स्वास्थ्य शिविरले स्थानीयवासीलाई फाईदा पुग्नेमा जोड दिएका थिए ।
जयकिशन अधिकारीको स्वागत र खेमानन्द ज्ञवालीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
