रूद्र श्रीसमगर

चित्रेभञ्ज्याङ (स्याङ्जा), फागुन १७ – स्याङ्जाको दक्षिण पूर्वी गाविस चित्रेभञ्ज्याङको गीत संगीतका माध्यमबाट प्रचार–प्रसार गर्ने उद्देश्यले निर्माण गर्न लागिएको ग्रामीण पर्यटन प्रवद्र्धनात्मक म्यूजिक भिडियोको छायाड्ढन सकिएको छ । तीन दिनमा सो म्यूजिक भिडियोको छायाड्ढन सकिएको हो ।
चित्रेभञ्ज्याङ–पोखरा सम्पर्क मञ्च, कास्कीको निर्माणमा निर्माण हुन लागेको म्यूजिक भिडियोमा चित्रेभञ्ज्याङ गाविसका पर्यटकीय सम्भावना बोकेका विभिन्न ठाउँहरूलाई कैद गरिएको छ । गीतकार रिमबाबु रानाको शब्द र राजकुमार बगरको संगीत रहेको सो गीतको म्यूजिक भिडियोको छायाड्ढन दानबहादुर श्रीस र प्रेम थापाले गर्नुभएको हो भने गोविन्द पुनले निर्देशन गर्नुभएको छ । कमल सौराग र कलावती थापाको स्वर रहेको गीतको म्यूजिक भिडियोमा अनु राना, सलिना राना, प्रेम थापा र देवक थापाले मोडलिङ गरेका छन् ।
छायाड्ढन टोलीलाई सोमबार चित्रेभञ्ज्याङ–२, ढुड्डेठाँटीबासीले भव्य बिदाइ गरे । सिर्जना आमा समूहको आयोजनामा भएको बिदाइ कार्यक्रममा फूलमाला, अबिरसहित छायाड्ढन टोलीको भव्य बिदाइ गरेका हुन् ।
बिदाइका अवसरमा बोल्दै प्रमुख अतिथि नेपाल मगर पत्रकार संघका उपमहासचिव रूद्रबहादुर श्रीसमगरले यस म्यूजिक भिडियोले चित्रेभञ्ज्याङको समग्र चिनारीका लागि महत्व भूमिका खेल्ने बताउनुभयो । म्यूजिक भिडियोमार्फत् गाउँको प्रवद्र्धन गर्न सकिने बताउँदै उपमहासचिव श्रीसमगरले गीतसंगीतले मानिसलाई चाँडै प्रभावित गर्ने भएकाले गीत संगीतले कुनै पनि ठाउँलाई परिचित गराउन अहम् भूमिका खेल्ने उल्लेख गर्नुभयो ।
चित्रेभञ्ज्याङ–पोखरा सम्पर्क मञ्चका सचिव बुद्धिराम लम्सालले न्यानो आतिथ्य दिएर म्यूजिक भिडियो छायाड्ढन सम्पन्न गर्न सहयोग गरेकोमा सिर्जना आमा समूह र सबै गाउँलेलाई धन्यवाद व्यक्त गर्दै ग्रामीण पर्यटन प्रवद्र्धनमा म्यूजिक भिडियोले सहयोग पुग्ने आशा गरेको बताउनुभयो । मञ्चका सह–सचिव रूद्र ‘सन्देश’ मगरले चित्रेभञ्ज्याङ गाविसको समग्र विकासमा मञ्चले सानै भएपनि टेवा पुर्याउने उद्देश्य राखेको बताउनुभयो ।
सिर्जना आमा समूहकी अध्यक्ष खिमकुमारी थापाको अध्यक्षतामा भएको कार्यक्रममा मेखमाया थापाले स्वागत गर्नुभएको थियो ।
