मगर संघको स्थापना दिवस पाल्पामा भब्यरुपमा मनाईयो

Read Time:1 Minute, 33 Second

देव पचभैया

 

पाल्पा, फागुन १८ – फागुन १५ मा पर्ने ३५ औ मगर संघको स्थापना दिवसको अवसरमा पाल्पाका बिभिन्न स्थानमा पनि मगर संघको स्थापना दिवस मनाएका छन् ।

२०३९ साल फागुन १५ गते तनहु दमौलीमा प्रथम राष्ट्रिय महाधिबेशन सम्पन्न भएको दिनलाई मगर संघले स्थापना दिवसको रुपमा मनाउदै आएको हो । संघको स्थापना दिवसको अवसरमा पाल्पाका बौघागुम्हा, रामपुर, कसेनी, ठिमुरे, देउराली, कुशुमखोला ताहुँ, वीरकोट, बन्दीपोखरा, कचल लगाएतका स्थानमा पनि कार्यक्रम भएको मगर संघ पाल्पाका अध्यक्ष बल बहादुर गाहाले जानकारी दिनुभयो ।

तत्कालिन लाङ्घाली परिवारको नाममा स्थापित मगर संघलाई २०४८ सालमा स्वर्गिय पुर्व मन्त्री गोरे बहादुर खपांगी संघको अध्यक्ष हुदा परिवर्तन गरी नेपाल मगर संघ नामाकरण गरिएको थियो । फागुन १५ मै ४५ औ चिन्डिके डुप्के तथा मगर अन्र्तराष्ट्रिय मंचको तेस्रो स्थापना दिवस समेत मनाईएको थियो । तेस्रो ठुलो जनसंख्यामा रहेका मगरहरुको २०६८ सालको जनगणना अनुसार १८ लाख ८७ हजार ७ सय ३३ जनसंख्या रहेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %