गोविन्द घर्ती

देवदह, फागुन १८ – देवदह आदर्श बहुमुखी क्याम्पसमा भएको स्ववियुको निर्वाचनमा संयुक्त प्यानल विजयी भएको छ ।
संयुक्त प्यानलमा नेकपा एमालेका भातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन र माओवादी केन्द्रका भातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन क्रान्तिकारी रहेको थियो । संयुक्त प्यानलका कृष्ण पौडेल अध्यक्षमा विजयी हुनु भएको छ । अध्यक्ष पौडेलले १७८ मत र उहाका प्रतिद्धन्द्धी शंकर गिरीले १४६ मत प्राप्त गर्नु भएको छ । सचिवमा १९२ मतका साथ अर्जुन गैरे विजयी हुनु भएको छ भने, उहाका प्रतिद्धन्द्धी सागर अधिकारीले १३० मत प्राप्त गर्नु भएको छ ।
त्यसैगरी कोषाध्यक्षमा १७७ मतका साथ विपना थापा विजयी हुनु भएको छ भने, उहाका प्रतिद्धन्द्धी प्रियंका सुनारले १४२ मत प्राप्त गर्नु भएको छ । अन्य सदस्यहरुमा आस्मा पोखरेलले १८४, प्रेमाकुमारी पराजुलीले १७७, ममता ढकालले १८३, भुपेन्द्र गुरुङ्गले १९५, शुभम पुरीले १७६ मत ल्याई विजयी हुनु भएको छ ।
सदस्यका उम्मेदवार अर्जुन भण्डारी १३६, देवीप्रसाद ढकाल १४१, पुनम थापा १३५, संगीता वस्याल १२३, राकेश पासीले १३८ प्राप्त गर्नु भएको निर्वाचन आयुक्त होमनाथ शर्माले जानकारी दिनु भयो ।
त्यसैगरी समानुपाति तर्फ भएको निर्वाचनमा संयुक्त प्यानलको १८२ र नेपाल विद्यार्थी संघले १४२ मत प्राप्त गर्नु भएको छ । उपाध्यक्ष, सहसचिव र ५ जना सदस्य समानुपातिकबाट छनोट हुने निर्वाचन आयुक्त शर्माले जानकारी दिनु भयो । देवदह आदर्श बहुमुखी क्याम्पस देवदहमा शान्ति पूर्ण र सौहार्यपुर्ण तरिकाले सम्पन्न भएको निर्वाचन मण्डलले जनाएको छ ।
